सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

बैशाख २५, २०८०, Rawabesi Rum

Image

रावाबेँसीमा तोरी उत्पादनमार्फत तेल आयात रोक्ने पालिकाको योजना

 

हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेँसी गाउपालिकाले तोरी खेती गरी तेल आयात रोक्ने गरी योजना अघि सारेको छ । पालिकामा तोरी खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएकाले आगामी बर्षहरुबाट गाउपालिका तेलमा आत्मनिर्भर बन्न सक्ने विश्वास लिईएको छ ।

रावाबेँसी गाउपालिका २ खार्पामा यस वर्ष तोरी उत्पादनमा उल्लेख्य बृद्धि भएको वडा नं २ का अध्यक्ष डोलराज बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतले गाउपालिकाले नै किसानहरुलाइृ बिउ उपलब्ध गराइदिएपछि तोरी उत्पादनमा कृषकहरुको आकर्षण बढेको बताउनुभयो । मासिक करिब ५ देखि ६ लाख लागतको तेल आयात हुने गरेकाले पालिकालाई तेल उत्पादनमा आत्मनिर्भर बनाउन सके कृषकहरु पनि आत्मनिर्भर बन्नेमा आफु विश्वस्त रहेको उहाको भनाई छ । 

उहाँका अनुसार खार्पामा  तोरी कृषकहरुले एक बर्ष सम्म तेल आयात लाई ८० प्रतिसत रोक्न धान्ने गरी उत्पादन गरेका छन । यस बर्ष पहिलो पटक किसानले आफ्नो खेतबारीमा तोरी लगाएको अनुभव गरेकाले कसैले कम कसैले बढी लगाएको भएपनि अव आउने बर्षबाट गाउँपालिकामा तेल आयात बन्द गर्नेगरी कृषकहरुलाई प्रोत्साहन गरीने उहाँको भनाइ छ । 

मल, बिउ, बिषादि तथा तालिम लगायतको अभावमा किसानले तोरी उत्पादनमा चुनौति खेप्नुपर्ने  बिद्यमान समस्या लाई समेत पालिकाले मध्यनजर गर्ने भन्दै उहाँले किसानहरुले उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । गाउपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै उहाँले तोरी संगसंगै मौरी पालनका लागि घार निर्माण भैहेको सुनाउनुभयो । सयौको संख्यामा मौरीपालनका लागि पालिकाले आप्mनै श्रोत साधन प्रयोग गरी घार निर्माण गराइरहेको उहाँले बताउनुभयो । 
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes