सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २३, २०८१, Khotang

Image

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा रेडपान्डा र थार महोत्सवको तयारी तिव्र बनाउदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण वर्ष सन् २०२५ को अवसर पारेर रेडपान्डा र थार महोत्सवको आयोजना गर्ने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. १० पाथेका लगायत आसपासका लेकाली जंगलहरुमा पाइने लोपोन्मुख रेडपान्डा तथा थार संरक्षण / प्रवर्द्धन गर्ने उद्देश्यले मुन्दुम ट्रेल भ्रमण वर्ष सन् २०२५ को अवसरमा महोत्सवको आयोजना गर्ने तयारी  गरे सर्गै सरसफाइको कामलाइ पनि तिब्रता दिइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले  बताउनु भयो  ।  

नगरप्रमुख भट्टराईका अनुसार शुक्रवार, शनिवार र आज आईतवार महोत्सवस्थल हुर्लुङबजार आसपासका क्षेत्र तथा रेडपान्डा थार रुटलार्ई ब्यवस्थित गर्नका लागि नगरप्रमुख, उप प्रमुख बिभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारीहरु तथा बिभिन्न संघ सस्था र स्थानीयबासीहरुले कुटो, कोदालो, झम्पल लगायतका औजारहरुका साथ हुर्लुङबाट रुपाकोट सम्मको पद मार्ग सरसफाइ तथा व्यवस्थित गरिएको  होे । उक्त पद मार्गको शुभारम्भ समेत राष्ट्रिय कलाकार दयाहाङ राईबाट हुने सामाजिक अभियन्ता सूर्य बहादुर राईले हलेसी एफ एमलार्ई बताउनु भयो ।

महोत्सवको उद्घाटन नयाँवर्ष २०८२ को शुरुदिन वैशाख १  गते वडा नं. १३  नुनथला हुर्लुङमा विभिन्न जातजातिको संस्कार संस्कृति अनुसारका खानपान, भेषभूषा प्रस्तुतिका साथ गरिने जनाइएको छ । यसैगरी बैशाख २ गते हुर्लुङ देखि रुपाकोटसम्मको  पदमार्गको यात्रा गरिनेछ । 

नगरप्रमुख भट्टराईका अनुसार हुर्लुङदेखि रूपाकोट हुँदै बगरेभन्ज्याङ, सिर्धन चौतारो, सिकुरी भन्ज्याङ, लहरे माने, बानियाँपाटी, साप्सुढाप, मेरुङ तीन थुम्कीबाट मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई रेडपाण्डा–थार ट्रेलका रूपमा सुरु गरिने हलेसी एफ एमलाइ बताउनु भयो । 
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes