सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २१, २०८०, Diktelrupakotmajhuwagadi

Image

राष्ट्रकै सम्पतिका रुपमा चित्रकारहरुका चित्रहरु संरक्षण गरिने



 

हलेसीन्युजडेस्क, खोटांग /

खोटांगको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले  आयोजना गरेका मुन्दम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी २०८० सम्पन्न भएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक, र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न भनेर दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका तथा धनु आर्ट स्टुडियोको सहकार्यमा अशोज १७ गतेदेखि शुरु भएको कार्यक्रम शनिवार सम्पन्न भएको हो । 

 

पाँचदिने अन्तर्राष्ट्यि चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा १४ देशका ४० भन्दा वढी चित्रकारहरुले यहाँका पहाड, वस्ति, मन्दिर, हिमाल, जंगल तथा स्थानीय साँस्कृतिक पहिचान झल्किने विविध चित्रहरु क्यान्भासमा लाइभ पेन्टिंग गरेर प्रदर्शन गरेका थिए । 

प्रतिकूल मौसमका वावजुद चित्रकारहरुको स्वागत तथा उहाँहरुको लाइभ चित्र पेन्टिंग हेर्न दिक्तेलवजारमा खोटांगवासीहरुको वाक्लो उपस्थिति रहने गरेको थियो ।

शनिवार  युवा तथा खेलकुद मन्त्रि डिकबहादुर लिम्वुको प्रमुख आतिथ्यतामा खोटांगमा जन्मिनुभै सांगीतिक क्षेत्रमा ख्याती कमाउनु भएका प्रशिद्ध गायक राजेशपायल राईको वृहत सांगीतिक कार्यक्रम सँगै  मुन्दुम अन्तर्राष्ट्यि चित्रकला कार्यशाला तथा कला प्रदर्शनी २०८० को समापन भएको छ ।

यो कार्यक्रमले खोटांग मात्र होइन नेपालको समेत छविलाई विश्वसामु चिनाउन सफल भएको नगरप्रमुख तीर्थराज भट्टराईको दावी छ । विश्वका चित्रकारहरुले देशको पहाडी जिल्ला दिक्तेलमा आएर यहाँको जनजीवनसँग परिचित तस्विरहरु क्यान्भासमा उतारेर इतिहास कोरिदिनुभएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ । यसलाई नगरपालिकाको सम्पतिका रुपमा शदियौँ सम्म संरक्षण गरिने उहाँ भन्नुहुन्छ । 


 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes