सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष १०, २०८०, खोटाङ

Image

खार्मीमा एकिकृत घुम्ति शिविर सम्पन्न / घरआँगनमै स्थानीय सरकारको अनुभूति

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.११ खार्मीमा एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको छ । नगरपालिका, जिल्ला प्रशाासन कार्यालय र वालसेवा समाज नेपाल नेर्पाको सहकार्य र समन्वयमा स्थानीय नागरिकहरुलाई वडा मै गएर जेष्ठ नागरिक परिचय पत्र, अपांगता परिचय पत्रका अलावा मृगौला परिक्षणजस्ता सेवा प्रदान गर्दै वडा नं. ११ खार्मीमा सोमवार एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको नगरप्रमुखका स्वकीय सचिव चिरिन्जिवी खतिवडाले हलेसी एफएमलाई जानकारी गराउनुभयो ।

स्थानीय कालिका मा. वि. खार्मीमा सञ्चालन भएको घुम्ति शिविरबाट ४७७ जना स्थानीयले सेवा प्राप्त गरेका छन् ।  शिविरमा ४० जनाको नागरिकताको सिफारिस संकलन, ९५ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र कार्ड वितरण, ११ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको थियो ।

त्यस्तै शिविरमा ४२ जनाको मृगौला परिक्षण, ४९ वटा कुकुरलाई रेविजको भ्याक्सिन, ७ जना कृषकले ल्याएको माटो परिक्षण तथा २३३ जना कृषकहरुलाई पशुचौपायाका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको थियो । 

शिविरमा संकलन गरिएको नागरिकताको सिफारिसका आधारमा जिल्ला प्रशासनले नागरिकता प्रमाण पत्र बनाएपछि पुनः वडामा लगेर सम्बन्धित व्यक्तिहरुलाई नागरिकता प्रमाण पत्र उपलव्ध गराईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकाममा गएर लिनुपर्ने सेवा आफ्नै घरआँगनबाट पाउँदा बास्तविक स्थानीय सरकारको अनुभूति भएको एक सेवाग्राहीले बताउनुभयो ।
नगरपालिकाभित्रका सबै वडाहरुमा नागरिकहरुलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी यस्तै घुम्ति शिविरको आयोजना गरिने नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलाई बताउनुभयो ।

शिविरमा नगरप्रमुख तीर्थराज भट्टराई , उपप्रमुख वीशन राई, प्रमुख जिल्ला अधिकारी शन्त बहादुर सुनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, नगरपालिकाका लेखा अधिकृत राजकुमार राई, विषयगत शाखा प्रमुखहरु, वडा नं. ११ का वडाध्यक्ष ईखबहादुर राई तथा वडाका अन्य जनप्रतिनिधिहरु, वडाका कर्मचारीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes