सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ११, २०८१, खोटाङ

Image

डढेलोका कारण आज पनि वस्तिका केही घर बन्यो खरानी


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा डढेलोका कारण आज पनि बस्तिका केही घरहरु जलेर नष्ट भएको दुःखद समाचार प्राप्त भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाँखुस्थित लालिगुराँस सामुदायिक वनमा लागेको अत्यासलाग्दो डढेलो अनियन्त्रित भई नजिकै बस्तिका केही घरहरुलाई खरानी बनाइदिएको हो । 

मंगलवार मध्यान्ह अन्दाजी १२.३० वजेदेखि जंगलमा लागेको डढेलो फैलदै मानववस्तिमा समेत झिल्कोले भेट्दा दुर्छिम मयाँखुका विनोद राई, चौकीराज राई र कृष्ण बहादुर खत्रीको घर जलेर नष्ट बनेको छ ।

विनोदको घरमा आगलागी हुँदा घरसँगै घरभित्रको अन्नपात, लत्ताकपडा, भाडावर्तन जल्दा छ लाख बराबरको क्षति पुगेको छ भने चौकीराजको घर, घरभित्रको अन्नपात, लत्ताकपडा, भाडावर्तन जल्दा आठ लाख बराबरको क्षति भएका जनाइएको छ । आगलागीका कारण चौकीराजको गोठघरमा बाँधिएको भैसीको एकवटा पाडो जलेर घाईते भएको छ भने एकवटा सुँगुर पूर्णरुपमा जलेको बताइन्छ ।

दुर्छिमकै कृष्ण बहादुरको बसोबास नरहेको दुई तले दुईवटा घर पूर्णरुपमा जल्दा ३ लाखको क्षति भएको प्रहरीले जनाएको छ । 

यता खोटेहाङ गाउपालिको वडा नं. १ लिुकुवापोखरीमा पनि जंगलको डढेलो फैलदै नजिकै बस्तिको एउटा घरलाई क्षति पुराएको थाहा भएको छ । लिकुवापोखरी मुलाबारीस्थित लिकुवापोखरी सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित हुँदा सोही ठाउँका टंकनाथ तिमिल्सिनाको एक तले घर र गोठ जलेको हो । मंगलबार अपरान्ह ३ः३० बजे लागेको डढेलोले तिमिल्सिनाका घर, घरभित्रको अन्नपात, लत्ताकपडा, भाडावर्तन, नगद रु.१८ हजार, गोठ र गाई जलेर नष्ट हुँदा सात लाख ८५ हजार वरावरको क्षति भएको जनाइएको छ ।

[ यो पनि---सप्तेश्वर छितापोखरीका अग्निपीडित परिवारलाई राहत सामाग्री प्रदान }
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes