सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २१, २०८१, खोटाङ

Image

प्राज्ञ टिका चाम्लिङको स्वास्थ्योपचारमा सहयोग गर्न खोटाङ कलाकार समाजको अपिल


हलेसीन्युजडेस्क, खोटाङ /

प्राज्ञ तथा गीतकार टिका चाम्लिङ राई गम्भिर विरामीका कारण उहाँको स्वास्थयोपचारका लागि खोटाङ कलाकार समाजले शुभेच्छुकहरुबाट सहयोग संकलनका लागि अनुरोध गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला निवासी प्राज्ञ तथा सर्जक चाम्लिङ गम्भिर विरामीका कारण हाल हात्तिवन क्यान्सर अस्पताल ललितपुरमा उपचाररतः हुनुभएकोले खोटाङ कलाकार समाजले सामाजिक सञ्जालमार्फत उहाँको स्वास्थ्योपचारमा सहयोग गर्न आफन्त शुभेच्छुक सबैलाई अपिल गरेको हो ।

विक्रम सम्वत २०३० सालमा नुनथलामा जन्मनुभएको सर्जक चाम्लिङले समयको रङ गीति संग्रह, मुन्धुम, मालिङ्गो कविता संग्रह लगायत केही गीति एल्वम समेत सिर्जना गरी सार्वजनिक गरिसक्नुभएको छ । नेपाली साहित्यिक क्षेत्रमा उम्दो प्रतिभाको रुपमा आफूलाई स्थापित गरिसक्नुभएको चाम्लिङ केही समय आफ्नो बुवा विरामी परी उहाँको उपचारमा अहोरात्र खटेर वुवाको स्वास्थ्यमा सुधार भए पछि फेरि आफू गम्भिर रोगको आक्रमणमा परेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी बताउनुहुन्छ ।

प्राज्ञ तथा सर्जक चाम्लिङको उपचार सहयोग कोषका रुपमा हाल राष्ट्रिय वाणिज्य बैँकमा खाता खोलिएको छ । जसअनुसार सहयोग गर्न चाहनेहरुका लागि राष्ट्रिय वाणिज्य बैँक अन्तर्गत १४२०१००००५९७५००१ खाता नम्वर रहेको कलाकार समाजले जनाएको छ ।

यसैगरी खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई (सम्पर्क नं.९८५१००८१२५) र महासचिव पार्वन राई(सम्पर्क नम्वर ९८४१०२३०२९) सँग सम्पर्क गरी थप जानकारी लिन सकिने बताइएको छ ।

खोटाङमा जन्मिएर साहित्यिक र सांगीतिक क्षेत्रमा सिर्जनामार्फत अतूलनीय योगदान दिदै आइरहनुभएका सशक्त प्रतिभा टिका चाम्लिङ राईको जीवन रक्षा गर्नु राज्यकै पनि जिम्मेवारी हो । साथै समाजका हामी सबैको सानो ठूलो सहयोगले यो वेला उहाँको जीवन रक्षामा ठूलो महत्व राख्ने कलाकार समाजले अपिलमा भनेको छ । 
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes