सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ३१, २०८१, खोटाङ

Image

ऐसेलुखर्क गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा १६ महिनादेखि ५९ महिना उमेर समूहका पालिकाभित्रका ६९० जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमित खोप लगाईएको सुनिश्चित भएपछि जेष्ठ ३१ गते विहीबार ऐसेलुखर्क गाउपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

गाउपालिकामा नियमित खोप लगाउने जन्मेदेखि १५ महिनाका २०९ जना वालवालिका रहेको पालिका स्वास्थ्य शाखा प्रमुख सचिन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पालिकाभरी घरधुरी सर्वेक्षण गर्दा कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको तथ्यांकका आधारमा सबै प्रकृया पुरा गरेसँगै पूर्णखोप गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समिति संयोजक गिरेन्द्र बहादुर राईको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवंम जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राई, गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई, इलाका प्रहरी कार्यालय प्रमुख, वडाध्यक्षहरु, ,पालिका स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य स्वयंसेवीहरुको उपस्थितिमा पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएको जनाइएको छ ।

यस अघि साकेला गाउँपालिका, रावावेशी गाउँपालिका, केपिलासगढी गाउपालिका, हलेसीतुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

 

[ यो पनि-केपिलासगढी गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषित }
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes