सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ५, २०८१, Khotang

Image

बाराहापोखरी गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषित


हलेसीन्युजडेस्क, खोटाङ  /

खोटाङको बाराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जिल्लाको सुदुर दक्षिणी भेकमा रहेको बाराहापोखरी गाउँपालिकाका सबै बालबालिकाहरुले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफलाइटिस लगायतका १३ वटा रोगविरुद्धको खोप पाएको सुनिश्चत भएपछि आज जेष्ठ ४ गते मंगलवार गाउँपालिकालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिका प्रमुख शालिकराम बञ्जराले हलेसी एफएमलाई जानकारी दिनुभए अनुसार गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिना उमेर समूहका ५५७ जना बालबालिकाहरु सबैलार्ई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप उपलव्ध गराएसँगै सबै प्रकारको प्रकृया पुरा गरेपछि पूर्णखोप सुनिश्चितता गाउपालिका घोषणा गरिएको हो । 

गाउँपालिका प्रमुख बञ्जराको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङ राई, गाउँपालिका उपप्रमुख भुवलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर राई र स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायतको उपस्थिति रहेको थियो । 

यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ तथा दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, खोटेहाङ र रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।

 

[ यो पनि-ऐसेलुखर्क गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा }
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes