सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर १७, २०८१, Khotang

Image

कुभिण्डेमा बाँसबाट सामाग्रीहरु बनाउने एक महिने तालिम सञ्चालन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर १ कुभिन्डेमा बाँसको फर्निचर लगायत विभिन्न सामाग्रीहरु बनाउने एक महिने सीप विकास तालिम शुरु भएको छ । रावाबेसी गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय खोटाङकोे संयुक्त साझेदारीमा  वडा नम्बर १ कुभिन्डेमा मंसिर १४ गते देखि बाँसको  फर्निचर लगायत विभिन्न सामाग्रीहरु बनाउने  एक महिने सिप विकास तालिम शुरु भएको रावाबेसी गाउँपालिकाका अध्यक्ष  फटिककुमार श्रेष्ठले हलेसी एफएमलार्ई बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार तालिममा रावाबेसी गाउँपालिका भित्रका ६ वटै वडाका दुर्ई/दुई जना सहभागी गराउने सोँच भएपनि हाल वडा नम्बर १ कुभिन्डेका स्थानिय १२ जनाले मात्रै सहभागी जनाइरहेको बताइएको छ । रावाबेसी गाउँपालिकाले सीप सिक्न आउने सबैलार्ई खाना तथा बाँसको ब्यवस्था गर्ने व्यवस्था गरिएको पालिका श्रोतले जनाएको छ । यस्तै तालिमका लागि आवश्यक समाग्रीहरु घरेलु तथा साना उद्योग कार्यालय, खोटाङले जुटाइदिने घरेलुका प्रमुख भेषराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागी संख्या र उनीहरुको चाहना अनुसार तालिम अवधि बढाउन पनि सकिनेछ ।  

रावाबेसी गाउँपालिका १ कुभिन्डेमा सुरुभएको बाँसको फर्निचर बनाउने तालिम एक महिना सम्म चल्ने उदयपुर त्रियुगा नगरपालिका २ गाइघाट बाट आउनु भएका प्रशिक्षक पदमनाथ फुयालले बताउनु भयो । उहाँ भन्नुहुन्छ—‘अहिले यस ठाउँका १२ जना युवाले तालिम लिईरहेको छन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामग्री बनाउने सीप पाएपछि सहभागीहरु खुशी भएका छन् ।’

प्रशिक्षक फुयाँलका अनुसार तालिममा सहभागीहरुलाई बाँसबाट कलात्मक सामाग्रीहरु, बस्न प्रयोग गरिने मुढा, कुर्सी, टेबुल, दराज, फूलदानी लगायतका विभिन्न सामानहरु बनाउन सिकाइनेछ । उहाँले सहभागीहरूमा सिक्ने उत्सुकताका कारण तालिम फलदायी हुने पनि बताउनुभयो । 

‘सिप सिकेपछि राम्रा सामाग्रीहरु बनाउन सकियो भने राम्रै आम्दानी गर्न सकिन्छ’ -प्रशिक्षक फुयाँलले भन्नु भयो । स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने वडा न १ का वडा अध्यक्ष गेहेन्द्रमान रार्ईले बताउनु भयो । अध्यक्ष राईले सीप र प्रविधिको अभावमा खेर गईरहेका बाँसको सदुपयोग गरी  निम्न आर्थिक आय भएका नागरिकहरुको जीवनस्तर बदलिने विश्वास व्यक्त गर्नुभयो ।

कभिण्डे लगायत आसपासका गाउँहरुमा प्रसस्त बाँस पाइने हुँदा तालिम प्राप्त गरेपछि कच्चा पदार्थका लागि अन्यत्र जानु नपर्ने स्थानीयको भनाई छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes