सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २३, २०८१, Khotang

Image

गोलोकको बास होस्

(भिनाजु टीका दत्त दहाल प्रति)
 

———सिताराम पोखरेल

(खोटाङको कुभिण्डे (हाल रावावेशी गाउँपालिका १ कुभिण्डे) मा पित स्व. टंकनाथ दाहाल तथा माता स्व. पद्म कुमारी दाहालको माइलो छोराका रुपमा विक्रम सम्वत १९९६ साल जेष्ठ १० गते यस धरतिमा पाइला टेक्नु भएका श्रद्धेय टिकादत्त दाहाल राजनैतिक चेत भएको शैक्षिक सामाजिक अभियन्ता हुनुहुन्थ्यो । नेपाली कांग्रेसका तत्कालिन नेताहरुसँगको प्रगाढ सम्बन्ध रहेको र उहाँको राजनैतिक आस्थाका कारण विक्रम सम्वत २०१८ सालमा तत्कालिन शासकबाट उहाँको सर्वस्वहरण भएको थियो तर सर्वोच्च न्यायालयमा रिट हाले पछि सबै जायज्यथा फिर्ता भएको उहाँको कान्छा भाई राजन दाहालले बताउनभयो । कृषि विकास बैँकको प्रवन्धकको जिम्मेवारीमा लामो समयसम्म सेवा गरेर त्यहाँबाट सेवा निवृत्त भएपछि स्वतन्त्र जीवन यापन गर्दै आइरहनु भएका दाहालको विक्रम सम्वत २०८१ साल मंसिर २१ गते काठमाण्डौँ जोरपाटीस्थित आफ्नै निवासमा भएको दुःखद निधनले घरपरिवार, आफन्तजन लगायत समग्र खोटाङवासीलाई मर्माहत बनाएको छ । उहाँको सम्झनामा श्रद्धेय सिताराम पोखरेलद्धारा लेखिएको यहीँ शोक–काव्य मार्फत स्वर्गीय टिकादत्त दाहालप्रति हार्दिक श्रद्धान्जली अर्पण गरिन्छ । )

 

हेर्दा चट्ट शरीर उज्वल मुहार् मुस्कान मीठो थियो,
बोल्दा झट्ट हँसाउने मृदुलता ठट्टा विशेषै थियो ।
प्रेमी भाव र उच्च शोच मनले भन्थ्यो सधैँ भेट होस्,
प्रस्थान् गर्नु भएछ कष्ट हुन गो गोलोकको बास होस् !

तिम्रो दिव्य मुहार हेर्न अव ता फोटा कता छन् भनी,
खोज्दै जानु परो मुहार पटमा यस्तै भयो जीवनी ।
राधेश्याम ! भनेर मुक्ति मिलने इच्छा सधैँ पूर्ण होस्
श्रद्धा अश्रु लिएर भन्दछु यहाँ गोलोकको बास होस् !

बैनी भाइ समेतका सवजना शोकाकुलै छन् त्यहाँ,
चिन्ता कत्ति नगर्नु शान्त रहदै लेखान्त सम्झी यहाँ ।
आत्मा देखि भनौ  सवैकन यहाँ हो धैर्य को याचना,
शोकाकुल् परिवारमा अव भनौ उस्तै छ है वेदना !

साह्रै दुःखदको खबर् सुनिलिदा मन्मा बहुत् कष्ट भो,
पत्यारै नहुने अचानक वहाँ गोलोक प्रस्थान भो !
हाम्रो प्रेम थियो अचानक टुटो के शब्द लेखौ यहाँ,
आत्माको चिर शान्ति होस अव लौ हाम्रो यही कामना !!!
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes