सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ १७, २०८१, Khotang

Image

सुमो दुर्घटनामा खोटाङका तीनजनाको मृत्यृ


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बाटैमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको समाचार प्राप्त भएको छ । खोटाङबाट विरामी लिएर जाँदै गरेको ना. १ ज ६४२१ नम्बरको सुमो ओखल्ढुंगा मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा विहीवार विहान ६.३० वजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी मनिष लुइटेलले जानकारी दिनुभएको छ ।

दुर्घटनामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नंः ३ बस्ने  ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नंः १२ बस्ने  ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

बिहीवार राती नै दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । सुमो चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार रहेको छन् । सुमोमा चालक सहित ४ जना मात्रै सवार थिए ।

घट्नाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । घटनाको विषयमा थप खोजी  र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखल्ढुंगाले जनाएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes