सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २२, २०८१, Khotang

Image

नगरप्रमुखसँग विध्यार्थी कार्यक्रममा विध्यार्थीहरुले कलम र कुचिको कला देखाए


हलेसीन्युडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम अन्तर्गत खुला चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । राष्ट्रिय बाँस सम्मेलनको समापनसँगै नगरपालिकाले विध्यार्थीहरुमा भएको चित्रकला कारितालाई प्रोत्साहन गर्न फागुन २१ गते जिल्ला समन्वय समितिको सभाहलमा नगरप्रमुख सँग विध्यार्थी कार्यक्रम अन्तर्गत खुला चित्रकला प्रतियोगिताको आयोजना गरेको हो ।


प्रतियोगितामा नगरभित्रका ११ माध्यामिक विध्यालयमा अध्ययनरतः ७२ जना विध्यार्थीहरुले सहभागिता जनाएका थिए । सहभागीहरुमध्ये माउण्ट एभरेष्ट ईङ्लिस वोर्डिंग स्कुल दिक्तेलकी सामखामा राई प्रथम, ज्योति मावि जालपाका प्रतिक विक द्धितिय र दिक्तेल इङ्लिस वोर्डिङ स्कुलकी  शिखा राई तृतीय हुनुभएको छ । प्रथम, द्धितिय र तृतीय हुने विध्यार्थीहरुलाई क्रमश रु.१५ हजार, रु.१० हजार र रु.५ हजार नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको नगर शिक्षाका सुवासचन्द्र राईले बताउनुभयो ।

राईका अनुसार सोही प्रतियोगितामा ५ जना सहभागी विध्यार्थीहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु २ हजार नगद पुरस्कारका साथ ट्रफी प्रदान गरिएको छ । सान्त्वना पुरस्कार पाउने विध्यार्थीहरुमा सरस्वती माध्यामिक विध्यालय दिक्तेलका आदित्य खत्री, ज्योति मावि जालपाका निरुपण राई र दिक्तेल इङ्लिस वोर्डिङ स्कुलका याक्सन राई रहेकाछन् । 

चित्रकलामा चासो राखेर उत्कष्ट कला प्रदर्शन गर्ने पाँचजना विध्यार्थीहरुलाई समेत उत्कृष्ट पुरस्कारस्वरुप जनही रु.१ हजार रकम प्रदान गरी प्रोत्साहन गरिएको छ । उत्कृष्ट पुरस्कार पाउने विध्यार्थीहरु सरस्वती माविकी इस्जिना राई, सिद्धेश्वरी आधारभूत विध्यालय दिक्तेलका अभिषेक कार्की, सरस्वती मावि दिक्तेलका लिसन राई, दिक्तेल इङ्लिस वोर्डिङ स्कुलका संयोग थापा र सरस्वती मावि दिक्तेलकी अनुषा दाहाल रहेका छन् । विजेताहरुलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार प्रदान गुर्नभएको थियो । नगरप्रमुख भट्टराईले नगरभित्रका विध्यार्थीहरुको शिक्षाका साथ साथै कला र सिपलाई प्रोत्साहन गर्न नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम राखिएको बताउनुभयो ।

खुल्ला चित्रकला प्रतियोगिताका लागि मुख्य निर्णायक प्राज्ञ धनबहादुर याक्खा, निर्णायक चित्रकार विवेक मुकारुङ, युरोप लिथुवानियाका वरिष्ठ चित्रकार मारियस र अष्ट्रेलियन वरिष्ठ चित्रकार रे मार्सडनको निर्णायक मण्डलद्धारा चित्रकलाको मुल्यांकन गरिएको थियो । 

सहभागीहरुका लागि चित्र तयार गर्न २ घण्टा १५ मिनेट समय उपलव्ध गराइएको थियो ।

 

 

 

 

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes