सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २७, २०८१, Khotang

Image

सर्जक सिताराम पोखरेलकृत कविता संग्रहको विमोचन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक तथा सर्जक सीताराम पोखरेलकृत स्मृति र अनुभूति छन्दोबद्ध कविता संग्रहको विमोचन गरिएको छ । सर्जक पोखरेलको परिवारबाट पितृहरुको उद्धारका लागि  आयोजना भैरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठानको छैठौँ दिन फागुन २६ गते आमा कोमल कुमारी पोखरेल तथा तीन दिदीहरुको बाहुलीबाट खार्पास्थित निजी निवास भकारी घरमा स्मृति र अनुभूति छन्दोवद्ध कविता संग्रहको विमोचन गरिएको हो ।

छन्दोबद्ध कविता संग्रहमा ५१ वटा कविताहरु समावेश गरिएका छन् । दुईखण्डमा संग्रहित कविताहरुमा पहिलो खण्डका कविताहरुमा आफ्ना तीन पुस्तादेखिका सन्ततिहरुको परिचयात्मक विवरण पढन् पाइन्छ भने दोश्रो खण्डमा आध्यात्मिक चिन्तन, जन्मस्थल वरिपरिका परिवेश र कोरोना कहरका अविष्मरणीय स्मृतिहरुलाई अनुभूतिमा साटेर छन्दोवद्ध कवितामा प्रक्षेपण गरिएको छ । 

छन्दमा कविता लेख्ने प्रचलन हराउँदै गएको बर्तमान कालखण्डमा विभिन्न रसमय छन्दोवद्ध कविताहरु लेखेर सर्जक पोखरेलले भरपुर कवित्व प्रतिभा प्रष्फुटन गर्नुभएको छ । उहाँले यस अगाडि नै सीताराम पोखरेलका कविताहरु २०७८ सालमा प्रकाशन गरिसक्नु भएको छ । यस अर्थमा उहाँबाट थप यस्तै अरु सिर्जनाहरुको अपेक्षा पाठकले गर्नु अतिशयोक्ति ठहरिने छैन ।

सर्जक सीताराम पोखरेलकोे अध्यक्षतामा शिक्षक राज दाहालद्धारा सञ्चालन गरिएको विमोचन कार्यक्रममा कवि बशन्त पोखरेल विवसले स्मृति र अनुभूति कविता संग्रहको समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes