सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ८, २०८०, Khotang

Image

ट्याक्टरले किच्दा ज्यामिरेका एकजनाले ज्यान गुमाए


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा एकजनाको ट्याक्टरले किच्दा ज्यान गएको छ  । ऐसेलुखर्क गाउँपालिका वडा नं. ६ ज्यामिरे सल्ले निवासी रणबहादुर पोखरेलको ट्याक्टरले किच्दा ज्यान गएको हो ।

बुधवार गाउँमा मरु परेकोले मलामी गएर फर्किदै गरेका पोखरेल दुधकोशीबाट वालुवा बोकेर गाउँ लाग्दै गरेको ट्याक्टर भेटेपछि सोही ट्याक्टरमा चढी घर फर्केका थिए । घरनजिकै पुगेपछि ट्याक्टरबाट ओर्लिने क्रममा ट्याक्टरले किच्दा उनी सख्त घाइते बन्न पुगका थिए ।

बुधबार अपरान्ह ३ वजेतिर ट्याक्टरले किचेर मरनासन्न बनेका पोखरेललाई तत्काल एम्बुलेन्सबाट प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका लागि पुराइएको तर अस्पताल पुराइएको केही समयमै उनको मृत्यु भएको वडा नं. ६ ज्यामिरेका वडाध्यक्ष सुनिल राई बताउनुहुन्छ ।

ट्याक्टर चालक रावावेशी गाउँपालिका वडा नं. १ कुभिण्डेका प्रकाश विशंखे र सहचालक ज्यामिरेका पेशल राई हाल अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes