सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ६, २०८१, Khotang

Image

भिरबाट लडेर एक पुरुषको मृत्यु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान गएको छ । केही दिन अगाडि झगडाका कारण खार्मीमा एकजनाको ज्यान गएको छ भने बैशाख ३ गते ऐसेलुखर्कका एकजना र नुनथलाका एकजनाको मृत्यु भएको छ । यस्तै सुदुर दक्षिणी भेकस्थित  वराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको बैशाख ५ गते भिरबाट लडेर मृत्यु भएको खवर प्राप्त भएको छ ।

वाराहापोखरी-५ पौवासेरास्थित नातेदारको घरमा पास्नी भोज खाई घर फर्कने क्रममा बुधवार अपरान्ह ३ बजे फाक्टाङ र पौवासेराको सिमाना बेतुवा खोलाको भिरबाट लडेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

राई लडेर मृत अवस्थामा रहेको खबर प्रहरी चौकी हुक्नाजोरमा प्राप्त भएसँगै हुक्नाजोर र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरीको एक टोलि घट्नास्थल पुगेको थियो ।

प्रहरीद्धारा थप अनुसन्धान र कानूनी प्रक्रिया पूरा गरी विहीवार विहान शवलाई पोष्टमार्टमको लागि उदयपुरको स्वास्थ्य चौकी बेलटार पठाएको थाहा भएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes