सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र २८, २०८१, Khotang

Image

दिक्तेल बजारमा विक्रीका लागि राखिएका अखाध्य वस्तु नष्ट गरियो

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक मात्रामा म्याद गुज्रेका खाद्यवस्तु अनुगमनका क्रममा जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रसाशन  कार्यालय खोटाङ, खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय  बिराटनगर र गार्ईघाट, घरेलु तथा साना उद्योग कार्यालय खोटाङ, करदाता सेवा कार्यालय दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय खोटाङ र खोटाङ उद्योग वाणिज्य संघले भाद्र २७ गते विहीवारका दिन संयुक्त रूपमा  बजारको अनुगमन गरेर ४३ हजार रुपैयाँ बराबरको खाद्यवस्तु जफत गरी नष्ट गरिएको खोटाङ उद्योग वाणिज्य संघका सचिव लेख बहादुर खड्का (बिनोद) ले बताउनु भएको छ । 


खोटाङ उद्योग वाणिज्य संघका सचिव खड्काका अनुसार अनुगमन टोलीले अत्यधिक मात्रामा खोर्सानीको धुलो, पानी पुरी, मसला,  लालीपप चोकोे पार्ई, ठुलो डिउ, सानो कोक, बिस्कुट, पेप्सी, सानो डिउ, अकबरे चिप्स, बदाम, चिज बल, मिठार्ई, मसला, दुनोट, सस लगायतका म्याद गुज्रेका १९ प्रकारका  खाद्य सामग्रीहरु जफत गरेर नष्ट गरिएको हो । 

व्यापारी तथा व्यवसायीबाट म्याद गुज्रिएका खाध्यान्नहरु विक्रीवितरण गरेर मानव स्वास्थ्यसँग खेलबाड भइरहेको जनगुनासोको आधारमा बजार अनुगमन गरिएको  जिल्ला प्रशासन कार्यालय खोटाङका अधिकृत लिला बि.क ले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ  । आगामी दिनमा कुनै पनि म्याद गुज्रिएको सामग्री बिक्री वितरण भए हदैसम्मको कारवाही गरिने बजार अनुगमनका क्रममा बि.क ले  बताउनु भयो । 

अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय गाइघाटबाट आउनु भएका  मेनष श्रेष्ठले जिल्लाको सदरमुकाममा यस्तो अखाद्य तथा म्याद गुज्रेका उपभोग्य सामान भेटिनु दुःखद भएको बताउनुभयो । 

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खात्रीले अब बजार अनुगमन नियमित रुपमा  गरिने बताउनु भएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes