सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक ११, २०८१, Khotang

Image

दीपावलीको अवसरमा पन्चरदोबाटो टोल विकास समितिले लोकनृत्यका साथै विभिन्न कार्यक्रम गर्दै


हलेसीन्युजडेस्क,  खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुर्ईपा पन्चरदोवाटोमा लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै खुल्ला सामुहिक लोकनृत्य प्रतियोगिताकासाथै मनोरन्जनात्मक ‘अचम्मको पोको’ प्रदर्शन गरिने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसरमा पन्चरदोवाटो टोलविकास समितिको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र पवन प्रकृति अङग्रेजी सेकेन्डरी स्कुल ललितपुर काठमान्डौँको प्रायोजनमा आगामी कार्तिक १५ गते बिहीवारका दिन बुइपा पन्चरदोबाटोमा सामुहिक लोकनृत्य प्रतियोगिताका साथ मनोरंजनात्मक कार्यक्रम ‘अचम्मको पोको’ प्रदर्शन गरिने आयोजक पन्चरदोवाटो टोलविकास समितिले हलेसी एफ एमलार्ई जानकारी  दिएको छ । 

सामूहिक लोकनृत्य प्रतियोगिता कार्यक्रममा भाग लिनको लागि कम्तीमा ५ जनाको टिम हुनु पर्ने, लोक साँस्कृतिक भेषभुषा झल्कने गरी कार्यक्रममा सहभागी हुनुपर्ने, एउटा समुहले कम्तिमा ४ मिनेटको नृत्य प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।  

यस्तै टिमदर्ता कार्तिक १५ गते ९ बजे सम्ममा गरी सक्नुपर्ने भनिएको छ । ई.सेवा बाट पनि  नाम  दर्ता गर्न सकिने भन्दै आयोजकले र्ई.सेवा नम्वर ९८५११७२९४२ रहेको जानकारी गराएको छ ।

नृत्य र अचम्मको पोकोका लागि  टिम दर्ता शुल्क रु ५ सय र रु. २ सय निर्धारण गरिएको छ । 

सामुहिक लोकनृत्य प्रतियोगिताका प्रथम, द्धितिय, तृतीय र सात्वना हुने बिजेताहरुलार्ई क्रमश रु १० हजार, रु ८ हजार, रु ५ हजार र ३ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने छ ।  

यस्तै अचम्मको पोको तर्फ प्रथम, द्धितिय, तृतीय र सात्वना हुने बिजेताहरुलार्ई क्रमशः रु १ हजार, रु. ८ सय, रु.५ सय र रु.२ सयका साथमा प्रमाणपत्र  प्रदान गरिनेछ । 

थप जानकारीका लागि 

प्रमेश ढकालः ९८५११७२९४२
कविन्द्र रार्ईः ९७४१७५७७९४
धन बहादुर श्रेष्ठः ९८६२९४७२७१


 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes