सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर ११, २०८१, Khotang

Image

कवि हरि कट्टेलको ‘बिलौनै बिलौना’ को दोस्रो संस्करण लोकार्पण

 

हलेसीन्युजडेस्क, खोटाङ /

कवि हरि कट्टेलको विक्रम सम्वत् २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य  ‘बिलौनै बिलौना’ को दोस्रो संस्करणको प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ विराटनगरबाट कवि मिनकुमार नवोदितले हलेसी एफएमलाई जानकारी गराउनु भएको छ । 

कवि नवोदितका अनुसार विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल,  प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी, कवि सोमराज अभय, साहित्यकार बलराम पोखरेल लगायतले उक्त खण्डकाव्यको संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।

कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको ‘बिलौनै बिलौना’ उहाँ १८ वर्षभन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध  खण्डकाव्य भएको र  २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्धहस्त देखिएको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो— ‘बिलौनैबिलौना काव्यमा कट्टेलले अर्को कृति ‘चन्द्रकान्ति’ तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको देखिन्छ । यसो हुँदा यो ‘बिलौनै बिलौना’सँग यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति  कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि  कट्टेल बालवयमै  कवितामा विलक्षण प्रतिभाका धनी  देखिन्छन् । उहाँका यहाँ रहेका गद्य पद्य कविताहरू परिपाका छन् ।’

कार्यक्रममा प्रमुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता  विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गर्नुभयो भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो,—‘कट्टेल छन्द कविता निकै संकटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित  कवि हुन ।’ 

कार्यक्रममा साहित्यकार बलराम पोखरेल, प्रा. डा. मेदिनी शर्मा. प्रा. डा.  हरिहर भण्डारी लगायतले पनि कट्टेल र उहाँको विमोचित काव्यको चर्चा  र प्रशंसा गर्नुभयो । कार्यक्रममा  कवि रमेशचन्द्र  अधिकारी, कवि शारदा  कार्की, प्राज्ञ कट्टेल लगायतले विमोचित काव्यका कविताहरू वाचन गर्नुभएको थियो ।  

‘बिलौनै बिलौना’ विक्रम सम्वत् २०४४ सालमा लेखी सर्वप्रथम २०४५ मा छापिएको छन्दोबद्ध लघुकाव्य कृति हो । 
उपस्थितहरूलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रम छन्दवाटिकका  सचिव चिरञ्जिवी काफ्लेको सञ्चालन गर्नुभएको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes