सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २०, २०८१, Khotang

Image

दिप्रुङचुईचुम्मामा खुला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिँदै

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङ चुइचुम्मा गउँपालिकामा आगामी चैत्र २९ र ३० गते खुल्ला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिने भएको छ । दिप्रुङचुईचुम्मा गाउँपालिकाका सर्जक श्रष्टाहरुको पहलमा गठन भएको दिप्रुङचुइचुम्मा प्राज्ञ समाजद्धारा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आगामी चैत्र २९ र ३० गते गाउँपालिकाको सभाहलमा खुल्ला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिने भएको हो ।

प्राज्ञ समाजले प्रतियोगितामा समावेश हुने कविताहरु मौलिक, अप्रकाशित, अप्रशारित र यसभन्दा अगाडि कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने जनाएको छ । छन्दवद्ध या छन्दमुक्त दुवै खालका कविताहरु प्रतियोगितामा समाविष्ट गरिने समाजले जनाएको छ । रचनाहरु चैत्र ५ गते भित्र आयोजकलाई उपलव्ध गराउँन भनिएको छ ।

आयोजकलाई प्राप्त रचनाहरु प्रतियोगितामा सहभागी गराउनका लागि छनौट गरिने र चैत्र १५ गते सूचना प्रशारण गरी छनौट भएका कविताहरुको जानकारी गराइने आयोजकको भनाइ छ ।

प्रतियोगितामा प्रथम विजयी रचनालाई रु ३० हजार, द्धितिय पुरस्कृत रचनालाई २० हजार, तृतीय पुरस्कृत रचनालाई १० हजार र सान्त्वोना घोषित दुई रचनाहरुलाई  रु ५/५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने दिप्रुङचुइचुम्मा प्राज्ञ समाजका अध्यक्ष नरेन्द्र निर्विकारले हलेसी एफएमलाई  जानकारी गराउनु भएको छ । उहाँका अनुसार छनौटमा परेका सबै कविताहरुका लागि स्रष्टाहरुलाई प्रशंसापत्र प्रदान गरिनेछ ।

सहभागी कविहरुका लागि खाना तथा आवासको व्यवस्थापन आयोजकको तर्फबाट हुने थाहा भएको छ ।

थप जानकारी
रचना का लागि ईमेल ठेगानाhopailung@gmail.com
ह्वाट्सअप9862978405
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes