सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ७, २०८१, खोटाङ

Image

१८ वर्षमुनिका प्रतिभाहरुवीच भएको खुल्ला राष्ट्रव्यापि गायनमा मिलन भए प्रथम

हलेसीन्यजुडेस्क, खोटाङ /

खोटाङमा सञ्चालन भैरहेको वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक, पर्यटन महोत्सव–२०८१ अन्तर्गत जेष्ठ ६ गते १८ वर्ष मूनिका प्रतिभाहरुवीच राष्ट्रिय गायन प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलको माटिकोरे कभर्डहलमा तोकिएको दिन जेष्ठ ६ गते आइतवार भएको १८ वर्ष मुनिको राष्ट्रव्यापि गायन प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलिडाँडाका मिलन विश्वकर्मा प्रथम घोषित भएको आयोजकले जनाएको छ ।

यसैगरी गायन प्रतियोगितामा सहभागी भएका खोटेहाङ गाउँपालिका–७ खोटाङवजारका सुदिप विश्वकर्मा द्धितिय र ऐसुलुखर्क गाउँपालिका–२ राखावाङदेलकी कञ्चन राईले तेश्रो स्थान प्राप्त गरेकी छिन् ।

अन्य चौथो र पाँचौ हुने हरुमा क्रमशः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी अदिति शाक्य र दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१२ जालपाका डेनिश राई छन् ।

प्रतियोगितामा प्रथमदेखि पाँचौसम्म हुने विजयी प्रतिभाहरुलाई क्रमश रु ४० हजार, रु. २५ हजार, रु. १७ हजार, रु. ११ हजार र रु. ७ हजार नगद पुरस्कारका साथ मेडल र प्रामाणपत्र प्रदान गरिएको छ । विजेताहरुलाई कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, कांग्रेस नेता रोजन राई, संगीतकार महेश खड्का, खोटाङ कलाकार समाजका अध्यक्ष तथा गायक रुपकुमार राई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गायन प्रतियोगिताको निर्णायक समितिमा संगीतकार महेश खड्का, गायिका पार्वती राई र गायक रोशन राईलाई जिम्मेवारी दिइएको थियो ।

खोटाङमा जन्मिएर सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुराउदै आइरहनुभएका  संगीतकार महेश खड्का र गायिका पार्वती राईलाई सो अवसरमा आयोजकका तर्फबाट नगद रु ७ हजार ७७७ का साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

              सम्मानित कलाकारहरु

p


 

[ यो पनि-वृहत महोत्सवअन्तर्गत खुला राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न }

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes