सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

साउन ११, २०८१, Khotang

Image

साइनो कला केन्द्र खोटाङको सांगीतिक गुड फ्राइडे


हलेसीन्युजडेस्क, खोटाङ /

साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक गुडफ्राइडे स्वर्णीम सांगीतिक साँझ मनाउदै आएको छ । यहीँ श्रृंखला अन्तर्गत साउन ११ गते शुक्रवार वेलुकी ५.३० वजेदेखि करिव ७ वजेसम्म साइनो कला केन्द्र खोटाङका अध्यक्ष भक्त विकको अध्यक्षता तथा साहित्यकार विष्णु आभूषणको प्रमुख आतिथ्यतामा गुड फ्राइडे अन्तर्गत स्वर्णीम सांगीतिक साँझको आयोजना गरिएको हो ।

खोटाङ जिल्लामै रहेर संगीत विधा सिक्न चाहने प्रतिभाहरुका लागि सांगीतिक प्रशिक्षण दिने उद्धेश्यले २०७४ सालमा स्थापना गरिएको साइनो कला केन्द्रले आफ्ना संगीतका विध्यार्थीहरुलाई हरेक हप्ता आफूले सिकेको गायन कला प्रस्तुत गर्ने र अतिथिहरुलाई सुनाउने अवसरका रुपमा हरेक शुक्रवार गुडफ्राइडेको आयोजना गरिने गरिएको कला कन्द्रका निर्देशक नुरकाजी सैँजु  सुनाउनुहुन्छ । 

जिल्लाका ३०/३५ जना प्रशिक्षार्थीहरु नियमित साइनो कला केन्द्रमा आएर गायन अभ्यास गरिरहेको साइनो कला केन्द्रका अध्यक्ष भक्त विकले जानकारी गराउनुभयो । विभिन्न कार्यालयमा कार्यरत कर्मचारी देखि विध्यालयमा अध्ययनरतः विध्यार्थीहरु समेत यहाँ आएर संगीत सिक्ने गरेको उहाँ बताउनुहुन्छ । संगीतका विध्यार्थीहरुलाई अध्यक्ष भक्त विक र अर्का प्रशिक्षक केदार अनुरागीले वाध्यवादनका साथै स्वर अभ्यास सिकाउदै आइरहनुभएको छ ।

साउन ११ गते शुक्रवार भएको कार्यक्रममा दर्जन वढि कलाकारहरुले आफ्नो मिठो स्वरमा प्रस्तुति दिनुभएको थियो । प्रमुख अतिथि विष्णु आभूषणले कार्यक्रमको सह्राहना गर्दै साइनो कला केन्द्रलाई अझ प्रवद्र्धन गर्न सबैले पहल गर्नुपने बताउनुभयो । सो अवसरमा उहाँले आफ्ना विभिन्न सिर्जनाहरु समेत पस्कनुभएको थियो ।

अन्तमा साइनो कला केन्द्रका निर्देशक तथा सर्जक नुरकाजी सैँजुद्धारा सिर्जना गरिएको र साइनो कला केन्द्रका अध्यक्ष तथा संगीतकर्मी भक्त विकद्धारा संगीतबद्ध गरिएको खोटाङ जिल्लाका सबै स्थानीय तहहरुलाई समेटिएको कर्णपृय गीतलाई साइनो कला केन्द्रका कलाकारहरुले सामुहिक गायनमा प्रस्तुत गरी कार्यक्रम समापन गरिएको थियो ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes