बैशाख २९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दश महिनाको अवधिमा करिब तीन हजार चार सय पचास सवारी साधनलाई कारबाही गरेर झन्डै रु. २४ लाख ३४ हजार रकम राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरिक्षक हिमाल पौड्यालका अनुसार चालू आर्थिक वर्ष २०७९ / ०८० को साउनदेखि बैशाख २८ गते सम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो ।
दिक्तेलबजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत गरिएका नियमित तथा छड्के अनुगमनका क्रममा सवारीको अवस्था ठीक नभएका, कागजात नमिलेका, ट्राफिक नियम उल्लंघन गरेका लगायतबाट राजश्व सङ्कलन भएको हो ।
सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीहरू जीप तथा बोलेरो रहेका छन् । १५ सय ६३ वटा जीप तथा बोलेरोबाट गरिएको कारबाहीबाट रु. १० लाख ३० हजार रकम राजश्व सङ्कलन भएको जनाइएको छ । यस्तै ३१५ वटा ट्रक बाट रु २ लाख २९हजार, ५२ वटा टिफर कारबाहीबाट रु. ४२ हजार ५०० सय, ७१ वटा बस कारबाहीबाट रु. ५० हजार, २९८ वटा ट्रयाक्टरबाट रु.२ लाख ११ हजार, १ हजार ७२ वटा मोटरसाइकल तथा स्कुटर कारबाहीबाट रु. ८ लाख १७ हजार र ६९ वटा टेम्पु कारबाहीबाट रु. ५५ हजार रकम राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले हलेसी एफ एम लार्ई जानकारी दिएको छ ।
प्रहरी सहायक निरिक्षक पौड्यालका अनुसार खोटाङमा ट्राफिकले पछिल्लो समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरू तथा बजार क्षेत्रमा ट्राफिक नियम अनुसरण गरे पनि ग्रामिण क्षेत्रमा प्रवेश गरेपछि नियममा लापरबाही गर्ने सवारीहरूमाथि बढी निगरानी गरिन थालिएको छ ।
निजी सवारी साधनहरूले प्रयोजन विपरित सार्वजनिक यातायातको जस्तै भाडामा सवारी सञ्चालन गर्दै आएकाहरुलार्ई पनि प्रहरीले निगरानीमा राख्ने गरेकाछन् । त्यस्ता सवारी साधनलाई पनि नियमानुसार अधिकतम कारबाही गरेर जरिवाना लिइदा राजश्वमा समेत वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी सहायक निरिक्षक पोड्याल बताउनुहुन्छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा पनि छड्के अनुगमन हुने गरेको छ । दिक्तेल बजार हुँदै काठमान्डौ, गार्ईघाट, बिराटनगर ,झापा , सोलुखुम्बु जानेहरूलाई पनि राम्रोसँग जाँच गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !