माघ ०२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलवजार स्थित वीपी स्मृति भवनमा समसायिक राजनीति विषयक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरिएको छ । नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोमवार समसायिक राजनीति विषयक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा संवोधन गर्दै प्रमुख अतिथि तथानेपाली काँग्रेसका केन्द्रिय सदस्य कार्कीले गाउँ घरमा विकासका नाममा सडक, विजुली, सञ्चारको विकास भैरहेपनि गाउवस्ति किन रित्तो हुँदै गैरहेछ, यसको खोजि गरिनुपर्ने र गाउँघर बस्न लायक कसरी बनाउन सकिन्छ, त्यता ध्यान दिईनुपर्ने बताउनुभयो ।
एक प्रसंगमा उहाँले हरेक जिल्लामा साथीहरुको वीच केही न केही समस्या भए पनि सबै साथीहरुवीच एकताको विकल्प नभएको बताउनुभयो । राष्ट्रिय सभाको आगामी चुनावमा सबैगठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन पनि उहाँले निर्देशन दिनुभयो

कार्यक्रममा नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य तथा साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, नेपाली काँग्रेस सोलुखुम्वुका महाधिवेशन प्रतिनिधि तथा सोलुका काँग्रेस नेता प्रकाश सिँह कार्कीले पनि समसायिक राजनीतिका विषयमा बोल्नुभएको थियो ।
प्रदेश नं १ का पहाडि जिल्लाहरु सोलुखुम्वु, ओखलढुंगा, खोटाङ , भोजपुर , धनकुटा हुँदै नेता कार्की सुनसरी पुग्नुहुने जनाईएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी तथा महिला नेतृ नविना राणा कार्की, सोलुखुम्वुका काँग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाशसिँह कार्की लगायत हुनुहुन्छ

हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान