आश्विन ०४, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका पहिचान पक्षधरले कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोलाई कालो झन्डा देखाएका छन् । प्रदेश पुनःनामांकनको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले बिहीबार मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निरिक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चोकमा कालो झन्डा देखाएका हुन् ।
कालो झन्डा देखाउने क्रममा सुरक्षाकर्मीले धरपकड गर्दा आन्दोलनकारी घाइते समेत बन्न पुगेको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार घाइते हुनेहरुमा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल सङ्घर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत रहेका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै पहिचान पक्षधर नेता तथा कार्यकर्ताले प्रहरी प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका थिए ।
निर्माणाधीन जिल्ला अस्पताल खोटाङको भवन निरीक्षण तथा अनुगमन गरेर मन्त्री फर्कने बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताउनुभयो ।
ज–जसको कारणले पहिचानको आधारमा प्रदेशको नाम राख्न धोखा भयो, उहाँहरु जिल्लामा आएको वखत विरोध जनाउदा प्रहरी दमन हुनु दुःखदायी भएको मूल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ भन्नुहुन्छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान