कार्तिक २८, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
आज तिहारको चौथो दिन गोरु तिहार, हल तिहार र गोबर्धन पूजा जस्ता बिभिन्न नामले मनाईदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी सम्मान प्रकट गर्ने गरिन्छ ।
खेतबारी जोत्ने र गाडा तान्ने गोरुको सम्मान स्वरुप गोरु तिहार मनाईएको हो । बर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषण गर्ने गोरूको विशेष पूजा गरिएको हो । यस दिनलाई हल तिहार पनि भनिन्छ । सयपत्री लगायत अन्य फुलको माला उनेर गोरु र बहरलाई माला लगाई चामलको रोटी (बाबर) पकाएर खान दिईन्छ । गोरु पूजागर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाईदिने गरिन्छ । गोरुलाई देवाधिदेव महादेवको बाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ।
यसैगरी, वर्षभरि गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ ।
गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
आज बलिराजलाई पनि श्रद्धापूर्वक सम्झदै
भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी – भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बलि राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो।
नेवार समुदायमा म्हः पूजा
कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायमा भने म्हः पूजा गरेर धुमधामका साथ मनाइन्छ । नेवारी समुदायका हरेक घर परिवारका सदस्यहरु भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । म्हः अर्थात आफ्नै शरिरको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैंलाई आराधना गरी शरीरभित्रको चेतनपुञ्जलाई पूजा गरिन्छ ।
समग्र देवी देवता, ऊर्जा शक्ति, विश्व–ब्रम्हाण्ड मानव शरीरभित्र नै रहेको विश्वास गरी यस्तो अभुतपूर्व शरिर नै परमेश्वर इश्वरको बासस्थल भएको विश्वास गरी आफ्नै शरिरको पूजा गरिन्छ । अर्को अर्थमा आफ्नो उद्धार आफैले मात्र गर्न सकिने म्हः पूजाको दार्शनिक पक्ष रहि आएको छ ।
शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले तान्त्रिक विधि अनुसार म्हः पूजा गरिन्छ । म्हः पूजागर्दा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !