मंसिर ०७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत प्रदान गरिएको छ । मंसिर ५ गते बुधवार राती अन्दाजी ८ बजेको समयमा एक्कासी घरमा आगलागी भएर घरबार बिहिन बन्न पुगेको इन्द्रबहादुर भुजेलका परिवारलार्ई वडा कार्यालय डुम्रे र पालिकाले राहत उपलब्ध गराएको रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार बिहिबार पालिकाको तर्फबाट एक थान पाल, ३ थान ब्लाङ्केट, ६० केजी चामल, २० केजी चिउरा, एक कार्टन तेल, ४ पोका नुन, २ केजी चिनी, एक केजी जिरा, एक दर्जन साबुन, २ केजी दाल र एक केजी चिउरा प्रदान गरिएकोे छ ।
यस्तै, वडा कार्यालय डुम्रेको तर्फबाट ६० केजी चामल, १० केजी चिउरा, एक कार्टन तेल, एक कार्टन चाउचाउ, ८ केजी दाल, ३ केजी चिनी, एक दर्जन साबुन, ५ केजी नुन र एक दर्जन कचौरा उपलब्ध गराइएको वडा नं. ४ डुम्रेधारापानीका वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनु भएको छ ।
राहत सामाग्री हस्तान्त्रणमा पुग्नुभएका जनप्रतिनिधि कर्मचारीहरुबाट संकलन गरेर तत्कालको लागि रु.१५ हजार नगद पनि प्रदान गरिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।
आगलागी पीडित भुजेल परिवारलाई नयाँ घर निर्माणको लागि रावाबेसी गाउँपालिकाले सहयोग गर्ने पनि गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
मंसिर ५ गते रातीको समयमा घरमा कोही नभएको बेला भुजेल परिवारको घरमा आगलागी भएको थियो । आगलागी हुँदा भुजेलको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएको थियो ।
[यो सँंग सम्बन्धित खवर--रावाबेसी डुम्रेमा आगलागीबाट एक घर जलेर नष्ट ]
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान