चैत्र ०३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका आगलागी पीडितहरुका लागि राहत रकम तथा सामाग्रीहरु उपलव्ध गराइएको छ । बतासे खिसाकाका स्थानीय जीवन रार्ई, जीतबहादुर राई र तारा रार्ईको परिवारलाई शुक्रवार राहत रकम र सामाग्रीहरु उपलव्ध गराईएको हो ।
गत फागुन ३० गते दिउँसो स्थानिय बारबिसे ठुलोभिर सामुदायिक जङ्गलबाट फैलिएको डढेलोको कारण जंगलछेउ रहेको बस्तिमा समेत क्षति पुराउदा स्थानीय जीबन रार्ईको घर मतान, तारा रार्ईको मतान, जीतबहादुर रार्ईको घर, मतान जलेर नष्ट भएको थियो । आगलागीका कारण पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट गैर खाध्य सामाग्रीहरु प्रदान गरिएको रेडक्रस शाखाका मन्त्री छत्रकुमार वजिमयले जनाउनुभयो ।
जीबन रार्ईको तथा जित बहादुर रार्ईको घर र मतान पूर्ण रुपमा जलेर आश्रयविहिन बन्न पुगेका कारण रेडक्रस शाखाबाट त्रिपाल १ थान, कम्वल २ वटा, म्याट्रेस २ वटा, साडी २ थान, भाडाकुडा एक सेट, वाल्टी १ वटा, प्रिन्ट कपडा ७ मिटर, सादा कपडा ४ मिटर, सुटिङ कपडा ४ मिटर डोरी एक मुठा, बोरा १ वटा, झुल १ वटा र तारा रार्ईको गोठ मात्रै जलेको कारण त्रिपाल १ थान, डोरी १ मुठा, कम्बल १ थान उपलव्ध गराइएको रेडक्रस शाखाका मन्त्री वजिमयले हलेसी एफएमलाई बताउनुभयो ।
यसैगरी जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले विपद व्यवस्थापन कोषबाट राहत रकम रु १५/१५ हजार आगलागी पीडित परिवारका सदस्यहरु जीबन रार्ई र जीत बहादुर राईको परिवारलार्ई घरमै पुगेर हस्तान्तरण गर्नुभएको थाहा भएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, रेडक्रस शाखाका मन्त्री छत्रकुमार बजिमय, जिल्ला प्रशासनका कर्मचारी सञ्जिब आचार्य, दिप्रुङ चुर्ईचुम्मा गाउँपालिका वडा नम्बर४ बतासेका वडाध्यक्ष बबेन्द्र रार्ई, स्थानीय प्रहरी चौकीका इन्चार्ज, स्थानीय जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान