जेठ २९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
लामो समय पछि सघन पानी परेकोले खोटाङका कृषकहरु खुशी भएका छन् । खेतवारीमा लगाएका मकैवाली लगायत कृषिजन्य वोट विरुवाहरु खडेरीका कारण सुक्न थालेको वेला आइतवार अपरान्हदेखि सघन पानी परेपछि खोटाङका कृषकहरु खुशी भएका हुन ।
लामो समयदेखि वर्षाद नहुदा तराई मात्र होइन उच्च पहाडी क्षेत्रमा समेत अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गैरहेको थियो । आइतवार पानी परेपछि गर्मी केही घटेको स्थानीय बताउछन् । बाराहापोखरी गाउँपालिका सिन्ताङका दलबहादुर बस्नेत हिजो परेको पानी कृषकहरुका लागि सञ्जिवनी वुटी झैँ भएको बताउनुहुन्छ । वाराहाका विदुर श्रेष्ठको पनि उस्तै भनाई छ ।
यस्तै जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का लामो समय पछि पानी पर्नाले खेती किसानका लागि ठूलो राहत मिल्नुका साथै सुख्खा गर्मीका कारण उव्जिन थालेको विभिन्न रोगहरु कम हुने आशा पलाएको बताउनुहुन्छ । सोही गाउँपालिका–२ वोपुङका नारदमणि राई आइतवार परेको पानीले किसानहरुलाई ठूलो राहत पुगेको भन्नुुहुन्छ ।
जन्तेढुङ्गा गाउपालिका–१ कुलावाँधकी गंगा थापा पनि आइतवार पानी पर्नाले खपि नसक्नु गर्मी घटाएर सहज भएको बताउनुहुन्छ । ‘सुख्खा खडेरीले धुलो उडेर बसिनसक्नु थियो । पानी परेपछि शान्त छ । मकै विरुवा र सागसव्जिलाई पानीले थुप्रो प्राण दियो’–उहाँ भन्नुहुन्छ, ‘वाँझा खेत जोत्न पनि सहज भयो ।’– एकैचोटी पानी पर्नुको खुशी व्यक्त गर्नुहुन्छ उहाँ । ‘आज पनि धुम्म धाम्म छ । हिजो जस्तै इमानी पानी परिदिए हुन्थ्यो ।’–भगवानसँग प्रार्थना गर्नुहुन्छ ।
अत्यधिक वर्षादका कारण केही स्थानमा साना तिना पहिरो र भूक्षय भएको खवरहरु पनि प्राप्त भएका छन् । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, काफ्लेगाउँका फवन कटुवाल भने भिषण पानी पर्नाले मकैको विरुवालाई सोतर पारेर लडाएको गुनासो पोख्नुहुन्छ । आठ वर्ष पछि यति ठूलो पानी परेको उहाँ भन्नुहुन्छ । ‘बाटोघाटो भत्काएर हिडिसक्नु छैन’– हलेसी एफएमसँग कुरा गर्दै उहाँ भन्नुहुन्छ,– ‘तै पानी परेर आश पनि जगाएको छ । मकै विरुवाहरु त विस्तारै उठिहाल्छन् ।’
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई लामो समय पछि आएको वर्षादले किसानहरुलाई ठूलो राहत पुगेको बताउनुहुन्छ । कतै भलवाढी पहिरोले क्षति त पुराएन भन्ने प्रश्नमा हाल सम्म त्यस्ता रिपोर्ट आइनसकेको भन्नुहन्छ ।
यसैवीच सदरमुकाम आसपास र अन्य ग्रामिण सडकहरुमा वर्षादले प्रसस्त क्षति पुराएको जानकारी प्राप्त भएका छन्।
हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइन्छ ।
आज सोमबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमवीदको भनाइ छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको थोरै स्थानहरूमा वर्षादको संभावना रहेको बताइन्छ ।
त्यस्तै मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान