फागुन २७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक तथा सर्जक सीताराम पोखरेलकृत स्मृति र अनुभूति छन्दोबद्ध कविता संग्रहको विमोचन गरिएको छ । सर्जक पोखरेलको परिवारबाट पितृहरुको उद्धारका लागि आयोजना भैरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठानको छैठौँ दिन फागुन २६ गते आमा कोमल कुमारी पोखरेल तथा तीन दिदीहरुको बाहुलीबाट खार्पास्थित निजी निवास भकारी घरमा स्मृति र अनुभूति छन्दोवद्ध कविता संग्रहको विमोचन गरिएको हो ।
छन्दोबद्ध कविता संग्रहमा ५१ वटा कविताहरु समावेश गरिएका छन् । दुईखण्डमा संग्रहित कविताहरुमा पहिलो खण्डका कविताहरुमा आफ्ना तीन पुस्तादेखिका सन्ततिहरुको परिचयात्मक विवरण पढन् पाइन्छ भने दोश्रो खण्डमा आध्यात्मिक चिन्तन, जन्मस्थल वरिपरिका परिवेश र कोरोना कहरका अविष्मरणीय स्मृतिहरुलाई अनुभूतिमा साटेर छन्दोवद्ध कवितामा प्रक्षेपण गरिएको छ ।
छन्दमा कविता लेख्ने प्रचलन हराउँदै गएको बर्तमान कालखण्डमा विभिन्न रसमय छन्दोवद्ध कविताहरु लेखेर सर्जक पोखरेलले भरपुर कवित्व प्रतिभा प्रष्फुटन गर्नुभएको छ । उहाँले यस अगाडि नै सीताराम पोखरेलका कविताहरु २०७८ सालमा प्रकाशन गरिसक्नु भएको छ । यस अर्थमा उहाँबाट थप यस्तै अरु सिर्जनाहरुको अपेक्षा पाठकले गर्नु अतिशयोक्ति ठहरिने छैन ।
सर्जक सीताराम पोखरेलकोे अध्यक्षतामा शिक्षक राज दाहालद्धारा सञ्चालन गरिएको विमोचन कार्यक्रममा कवि बशन्त पोखरेल विवसले स्मृति र अनुभूति कविता संग्रहको समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान