असार २२, २०८० , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्थित ककनीडाडाँ क्षेत्रमा अवस्थित ढुंगै ढुंगाबाट बनेको प्राकृतिक स्वरूपलाई ‘रक गार्डेन’को रूपमा प्रवर्द्धन गर्ने काम भैरहेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दुर्छिम छापडाँडाबाट उत्तर पूर्वी उकालो चढेर पुगिने विभिन्न आकारमा बनेको ढुंगै ढुंगाको प्राकृतिक कलात्मक डाँडोलाई नगरपालिकाले रकगार्डेन (ढुङ्गे बगैँचा) भन्ने नाम दिएर आन्तरिक पर्यटकीय गन्तव्यस्थलका रुपमा प्रवर्द्धन गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किमिको दुरिमा अवस्थित रहेको हिन्दु, वौद्ध र किराँत त्रिधार्मिक तपोभूमि हलेसीको आसपास दुर्छिम स्थित ककनीडाँडामा रक गार्डेनको निर्माण भैरहेको हलेसी तुवाचुङनगरपालिकाका प्रमुख विमला राई बताउनुहुन्छ । रक गार्डेनबाट उत्तरदेखि पश्चिमतिर वहिरहेको दुधकोशी नदी, ओखलढुंगा जिल्लाको सदरमुकाम लगायत अधिकांस भूभागहरु, सोलुखुम्बु जिल्लाको दृश्यावलोकन गर्न पार्ईन्छ भने दक्षिणमा सुनकोशी नदीसँगै उदयपुरको लिम्चुम्बुङ गाउँपालिका, पश्चिमी भेगमा सिन्धुली जिल्लाका भूभागहरुको समेत दृष्यावलोकन गर्न सकिन्छ ।
यहाँ प्राकृतिक रूपमै बनेका ढुंगाका विभिन्न आकृतिहरुले नै पर्यटकहरुलाई आकर्षण गर्ने गर्छ । त्यसका साथै मिलेर बसेका वरिपरिका होचा अग्ला पहाड, टाढाटाढा देखिने सर्वोच्च शिखर सगरमाथाका साथै विभिन्न हिमशृंखला र अन्य वनउद्यान पनि यहाँबाट देखिने थप आकर्षण हुन् । गर्मी समयमा पनि चिसो हुने भएकाले घुम्नका लागि निकै उत्तम क्षेत्रको रूपमा लिईन्छ । भौगोलिक बनावट, हावापानी, सडक सञ्जाल सबै कुराको पहुँच भएकाले पनि यो रक गार्डेन पर्यटकीय गन्तव्य बन्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राई बताउनुहुन्छ ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसीमहादेव मन्दिर, किराँत सभ्यताको उद्गमभूमि मानिने तायचुङ्ग जायजुम डाँडो यहाँबाट राम्ररी निहाल्न पार्ईन्छ । रक गार्डेनको काखैमा रहेको हलेसी मन्दिरमा आन्तरिक पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्नको लागि आउने गरेका छन् । आफूले मागेको कुरा दिने अद्भूत शक्ति रहेको जनविश्वास रहेको हलेसी मन्दिरमा बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिने लगायत मनकामना पूरा गरिदिने र यस क्षेत्रमा अधिकांस मानिस आउने भएकोले उनीहरुका लागि अर्को पर्यटकीय गन्तव्यस्थलका रुपमा यो रक गार्डेनको प्रवर्द्धन गरिएको बताइन्छ ।
तत्कालिन नगरप्रमुख इवनराईको कार्यकालमा यो क्षेत्रलाई आन्तरिक पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गरी त्रिधार्मिक हलेसीमा आउने तीर्थालु पर्यटकहरुलाई यहाँसम्म तान्न सकिने अवधारणामा रकगार्डेनको परिकल्पना जन्मिएको बताइन्छ । सोही अनुसार प्राज्ञ कलाकार धनु याक्खाको सहयोगमा यहाँको प्राकृतिक स्वरुप नविगारी थप पूर्वाधार निर्माणका लागि गुरुयोजना निर्माण भए पछि रक गार्डेनको काम अगाडि वढाइएको थियो । ढुङ्गे प्रवेशद्धार, घेरावारा लगायतका अन्य कामहरु धमाधम भैरहेकाछन् । जिल्लामै पहिलोपटक निर्माण गर्न लागिएको ढुंगेबगैँचामा ढुंगाहरुको वीचवीचमा आकर्षक फूलहरुको उध्यान समेत बनाइनेछ ।
सघ, प्रदेश सरकार र स्थानीय तह अन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाको तर्फ बाट समपुरक अनुदान बाट हलेसी महादेवस्थानको मन्दिर नजिककै डाँडामा करिब १५० देखि २०० सम्मको सिढी निर्माण कार्य हलेसी निर्माण सेवा कन्ट्रक्सन प्रा.लि. ले गरिरहेको छ ।
शुरुका वर्षमा हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लागानीमा काम शुरु गरेर, पछि प्रदेश, सघबाट आउने बिशेष अनुदान बाट अहिले निर्माण भर्ईरहेको र अहिले सम्म तिन करोडको काम भर्ईसकेको नगरपालिकाका उपप्रमुख रमेशकुमार राउतले बताउनुभयो । २०७९ साल चैत्र १७ गते हलेसी निर्माण सेवा कन्ट्रक्सन प्रा.लि. ले सम्झौता गरेर काम अगाडि बढाएको थियो ।
यो रक गार्डेन आन्तरिक पर्यटकको रोजाइमा पर्ने सम्भवाना बोकेको छ । पर्यटकीय क्षेत्र निर्माणका लागि यो क्षेत्रमा अवस्थित ढुंगाबाट बनेको प्राकृतिक स्वरूपलाई रक गार्डेनको रूपमा निर्माण गरिएको हो । ‘रक गार्डेन’ निर्माण भए पछि यहाँ पुग्ने र धार्मिक एवं प्राकृतिक सौन्दर्यमा रमाउनेहरूको संख्या बढ्दो मात्रामा रहने हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख राउतको कथन छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान