चैत्र ०६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा ९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाहरुका लागि सञ्चालन भएको दादुरा–रुबेला विरुद्धको खोप अभियान सम्पन्न भएको छ । गत फागुन २९ देखि चैत्र ३ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा सञ्चालन भएको खोप अभियानमा जिल्लाभरिका दश हजार भदा बढि वालवालिकाहरुले खोप लगाएको श्रोतले जनाएको छ ।
खोप अभियानलाई सफल गराउन जिल्ला भर ३९२ केन्द्र तोकिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २,८७२, हलेसी तुवाचुङ नगरपालिकामा १,६८६ वालवालिकाहरु खोप अभियानमा सरिक भएको थाहा भएको छ । त्यसैगरी ऐसेलुखर्क गाउँपालिकामा ८११, केपिलासगढी गाउँपालिकामा ८२५ र रावाबेशी गाउँपालिकामा ६७८ जना वालवालिकाहरुलाई खोप लगाइएको जनाइएको छ ।
प्रदेश निर्वाचन क्षेत्र ख अन्तर्गत साकेला गाउँपालिकामा ५५७, दिप्रुङचुर्ईचुम्मा गाउँपालिकामा ९१८, खोटेहाङ गाउँपालिकामा ९७८, जन्तेढुङगा गाउँपालिकामा ६८४ र बराहपोखरी गाउँपालिकामा ५९६ शिशुहरुले खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौँलागाईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ । उहाँका अनुसार जिल्लाभरि जम्मा १० हजार ६ सय ५ जना शिशुहरुले दादुरा-रुवेला विरुद्धको खोप अभियानमा खोप लगाएर सहभागिता जनाएकाछन् ।
[यो पनि पढ्नुहोस--खोटाङमा आजदेखि चैत्र ३ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुदै}
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान