फागुन २२, २०८१ , Khotang
हलेसीन्युडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम अन्तर्गत खुला चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । राष्ट्रिय बाँस सम्मेलनको समापनसँगै नगरपालिकाले विध्यार्थीहरुमा भएको चित्रकला कारितालाई प्रोत्साहन गर्न फागुन २१ गते जिल्ला समन्वय समितिको सभाहलमा नगरप्रमुख सँग विध्यार्थी कार्यक्रम अन्तर्गत खुला चित्रकला प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा नगरभित्रका ११ माध्यामिक विध्यालयमा अध्ययनरतः ७२ जना विध्यार्थीहरुले सहभागिता जनाएका थिए । सहभागीहरुमध्ये माउण्ट एभरेष्ट ईङ्लिस वोर्डिंग स्कुल दिक्तेलकी सामखामा राई प्रथम, ज्योति मावि जालपाका प्रतिक विक द्धितिय र दिक्तेल इङ्लिस वोर्डिङ स्कुलकी शिखा राई तृतीय हुनुभएको छ । प्रथम, द्धितिय र तृतीय हुने विध्यार्थीहरुलाई क्रमश रु.१५ हजार, रु.१० हजार र रु.५ हजार नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको नगर शिक्षाका सुवासचन्द्र राईले बताउनुभयो ।
राईका अनुसार सोही प्रतियोगितामा ५ जना सहभागी विध्यार्थीहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु २ हजार नगद पुरस्कारका साथ ट्रफी प्रदान गरिएको छ । सान्त्वना पुरस्कार पाउने विध्यार्थीहरुमा सरस्वती माध्यामिक विध्यालय दिक्तेलका आदित्य खत्री, ज्योति मावि जालपाका निरुपण राई र दिक्तेल इङ्लिस वोर्डिङ स्कुलका याक्सन राई रहेकाछन् ।
चित्रकलामा चासो राखेर उत्कष्ट कला प्रदर्शन गर्ने पाँचजना विध्यार्थीहरुलाई समेत उत्कृष्ट पुरस्कारस्वरुप जनही रु.१ हजार रकम प्रदान गरी प्रोत्साहन गरिएको छ । उत्कृष्ट पुरस्कार पाउने विध्यार्थीहरु सरस्वती माविकी इस्जिना राई, सिद्धेश्वरी आधारभूत विध्यालय दिक्तेलका अभिषेक कार्की, सरस्वती मावि दिक्तेलका लिसन राई, दिक्तेल इङ्लिस वोर्डिङ स्कुलका संयोग थापा र सरस्वती मावि दिक्तेलकी अनुषा दाहाल रहेका छन् । विजेताहरुलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार प्रदान गुर्नभएको थियो । नगरप्रमुख भट्टराईले नगरभित्रका विध्यार्थीहरुको शिक्षाका साथ साथै कला र सिपलाई प्रोत्साहन गर्न नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम राखिएको बताउनुभयो ।
खुल्ला चित्रकला प्रतियोगिताका लागि मुख्य निर्णायक प्राज्ञ धनबहादुर याक्खा, निर्णायक चित्रकार विवेक मुकारुङ, युरोप लिथुवानियाका वरिष्ठ चित्रकार मारियस र अष्ट्रेलियन वरिष्ठ चित्रकार रे मार्सडनको निर्णायक मण्डलद्धारा चित्रकलाको मुल्यांकन गरिएको थियो ।
सहभागीहरुका लागि चित्र तयार गर्न २ घण्टा १५ मिनेट समय उपलव्ध गराइएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान