कार्तिक २४, २०८० , दिक्तेलरुपाकोट मझुवागढी
हलेसीन्युजडेस्क, खोटाङ /
शुभ दिपावलीको पूर्व सन्ध्यामा खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेल वजारको बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उध्योग कार्यालय खोटाङ, खोटाङ उध्योग वाणिज्य संघ दिक्तेल, दिक्तेल, जिल्ला प्रहरी कार्यालय खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय दिक्तेलका प्रतिनिधिद्धारा संयुक्त रुपमा आज दिक्तेलवजारस्थित वजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलमा रहेका म्याद नाघेका खाध्य वस्तुहरु जफत गरी नष्ट गरिएको खोटाङ उध्योग वाणिज्य संघ दिक्तेलका सचिव विनोद खड्काले जनाउनुभएको छ ।
नष्ट गरएका सामानहरुमा डिउ, लिचि जुस, रेडी जुस, चाउमिन मसला, रियल जुस, खुर्सानी धुलो, विस्कुट, चटपटे मसला, मम मसला, कोकाकोला आदि गरेर रु. १५ हजार २७० मूल्य वरावरका समानहरु रहेको उध्योग वाणिज्य संघका सचिव खड्काले हलेसी एफएमलाई बताउनुभयो ।
गत कात्तिक १९ गते पनि नगरपालिका वडा नं. १ स्थित वजारका पसलहरुको अनुगमन गएको थियो । आज हाटडाँडा, बैकचौक आसपासका पसलहरुको अनुगमन गरिएको जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !