बैशाख १८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र नगरपालिकाको संयुक्त साझेदारी तथा राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण, अपांगता परिचय पत्र वितरण एवं आवश्यकता पहिचान शिविरलाई वडा-वडामा निरन्तरता दिइरहेको छ ।
शिविर सञ्चालनको छैटौँ दिन आज वडा नं. ९ निर्मलिडाँडामा शिविर सम्पन्न भएको छ ।
निर्मलिडाँडामा भएको शिविरमा जम्मा ६२ जना सेवाग्राहीहरुले सेवा लिएकाछन् । ११ जनाले नयाँ अपांगता परिचय पत्र लिएका छन् भने १ जनाको अपांगता परिचय पत्रको स्तरवृद्धि भएको छ ।
यस्तै २३ जनाको कानको जाँच, ४६जनाको आँखा जाँच तथा २५ जनाको फिजियोथेरापी गरिएको थाहा भएको छ । अन्य ३० जनाको स्वास्थ्य परिक्षण गरिएको नगरपालिकाका महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इरन राईले जानकारी गराउनुभयो ।
यस्तै शिविरमा ३८ जनालाई चस्मा उपलव्ध गराइएको छ भने ५१ जनालाई औषधि प्रदान गरिएको छ । सहायक सामाग्रीहरु पाउने ७ जना रहेको जनाइएको छ ।
अब बैशाख १९ गते वडा नं. ८ दोर्पा, २० गते वडा नं. ७ दोर्पा चिउरिडाँडा, २१ गते वडा नं. ६ नेर्पा, २२ गते वडा नं. ४ खाल्ले, २३ गते वडा नं. ३ वाम्राङ, २४ गते वडा नं. ५ लफ्याङ, २५ गते वडा नं. २ दिक्तेल, २६ गते वडा नं. १२ जालपा र २७ गते वडा नं. १ दिक्तेलमा शिविर सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान