जेठ २९, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसीतुवाचुङ नगरपालिका–७ स्थित किरातहरुको आदिम भूमि तुवाचुङ जायजुम पवित्र स्थलमा किराँत सँस्कृति अनुसार भव्य साकेला सिलि प्रदर्शनी गरिएको छ । उक्त स्थानमा किराँत सँस्कृति अनुसार साकेला उभौलिको अवसर पारेर तुवाचुङ–जायजुम संरक्षण समितिको आयोजनामा जेष्ठ २९ गते मंगलवारका दिन तीन चुल्हाको पुजा गरी भव्य साकेला सिलि प्रदर्शनी गरिएको हो ।
किराँत आदिम भूमि तुवाचुङ : प्रकृति र परिवेशका केही झलकहरु
p







अनेकन मिथकहरुले किराँत सभ्यताको प्रादुर्भाव यहीँ तुवाचुङ जायजुमबाट भएको वकालत गर्दछ । किराँतीहरुका आदिम पुर्खा रैछाकुले र उनका दुई दिदीहरु तयामा खियामाले कपास उत्पादन गरी त्यसबाट कपडा बुन्न थालेको किंवदन्तिहरु चर्चित छन् । त्यहाँ अझपनि कपडा बुन्न प्रयोग गरिने ढुंगाका सामाग्रीहरु देख्न पाइन्छ । तान बुन्न प्रयोग गरिने साधनहरुको स्वरुप भएका कतिपय ढुंगाहरु संरक्षणका अभावमा टुटेफुटेका छन् । पछिल्लो कालखण्डमा यो पुरातात्विक एवं ऐतिहासिक थलोको संरक्षण र प्रचार प्रसारमा मानिसहरुको ध्यान जान थालेको पाइन्छ । रैछाकुले र तयामा खियामाको प्रतिमा समेत निर्माण गरी यसको महत्वलाई थप उजागर गर्ने संस्थागत प्रयत्नहरु भैरहेको पाइन्छ । प्रशिद्ध धार्मिक स्थल हलेसीमहादेवस्थानबाट केही दुरि उत्तर पूर्वी भागमा अवस्थित तुवाचुङ जायजुममा मध्यपहाडी लोकमार्गबाट डेढदुई सय मिटर उकालो चढेपछि पुग्न सकिन्छ ।
मध्यपहाडी लोकमार्गबाट सिढी चढ्दै

केही वर्ष अगाडिदेखि सो ठाउँमा राई समुदायका साथै अन्य जात जातीका मानिसहरु समेत भेला भएर तुवाचुङ डेका रुपमा साकेला सिलि प्रदर्शनी गर्ने परम्परा शुरु भएको हो ।
तुवाचुङ–जायजुम संरक्षण समितिको आयोजनामा भएको साकेला सिलि प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बू लगायतबाट आएका १३ समूहले ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै सिली प्रदर्शन गरेका छन् । तुवाचुङ–जायजुममा आयोजना गरिएको बृहत साकेला सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले गर्नुभएको थियो ।
किराँत सँस्कति अनुसार तायचुङ जायजुममा भव्य किराँत साकेला सिलि प्रदर्शनी गरिने दिन भनेर हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ डे’ का रुपमा जेष्ठ २९ गतेका दिन स्थानीय विदाको समेत निर्णय गरेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान