माघ १५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ्गका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले वैदेशिक रोजगार सम्बन्धि ठगि कसुर गर्नेलाई कानुनी दायरामा ल्याउँने विषय प्रहरीको प्राथमिकतामा रहेको बताउँनुभएको छ । नागरीकलाइ शान्ति सुरक्षा प्रत्याभुत गराउँनु प्रहरीको पहिलो दायीत्व भएको भन्दै उहाँले ब्यक्तिलाइ शान्ति, सुरक्षाको अनुभुति गराउँनका लागि हदैसम्मको प्रयास गर्ने बताउँनुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजनामा वैदेशिक रोजगार सम्बन्धि ठगी न्युनिकरणमा प्रहरीको भुमिका विषयक आज भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै डिएसपी खड्काले वैदेशिक रोजगार सम्बन्धि ठगिका समस्याहरु भएमा प्रहरीमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । आफ्नो अधिकार क्षेत्रभित्र रहि वैदेशिक रोजगारमा भएका ठगीमा पिडकहरुलाइ न्याय महसुस हुँने गरि सेवा प्रवाह गर्ने खड्का भनाइ थियो । पछिल्लो समय वैदेशिक रोजगारका नयाँ नयाँ ठगिका तरिका र प्रक्रियाबाट ठगिका घटनाहरु बढ्दै गएको भन्दै खड्काले भन्नुभयो “ ठगिका घटना प्रहरीसम्म ल्याइदिनुस्,आफ्नो अधिकार क्षेत्रभित्र रहि पिडकलाइ कानुनी दायरामा ल्याउँन कुनै कसुर बाँकि राख्दैनौ । ”
खोटाङ् जिल्लामा २०७७ साल यता वैदेशिक रोजगार सम्बन्धि ठगि भएको भन्दै ४६ जनाले उजुरी दिएका छन् । ४६ जनाले गरेको उजुरीमा १ करोड ५ लाख १३ हजार मागदावी पिडकहरुको रहेको आप्रवासी श्रोत केन्द्रले जनाएको छ । रकममद्ये सामी कार्यक्रमको सहजिकरणमा जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभाग मार्फत १० लाख ६८ हजार ठगि बापतको रकम फिर्ता भएको छ । उक्त ४६ जनामद्ये चालु आर्थिक बर्षमा मात्रै वैदेशिक रोजगार ठगि भन्दै १५ जना दिएको निवेदनमा २३ लाख ४० हजार ५ सय रुपैया ठगि भएको पिडितहरुले बताएका छन् । चालु आर्थिक बर्षमा भएको ठगिमा जिल्ला प्रहरी कार्यालयले १ लाख ५० हजार रुपैया क्षतिपुर्ति भराएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम सामीका संयोजक सन्तोष राइले वैदेशिक रोजगार ठगिमा पिडितहरुसंग आवश्यक प्रमाण नहुनु, वैदेशिक रोजगार ठगि गर्नेहरु जिल्ला वाहिरका हुनु जस्ता कारणले पिडितले न्याय पाउँनबाट बन्चित भएको बताउँनुभयो । साथै उहाँले वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोवार सकेसम्म वैंकिंङ् माध्ययबाट गरि वैदेशिक रोजगार प्रयोजन समेत उल्लेख गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिको हलमा आज भएको अन्तरक्रिया कार्यक्रममा कार्यक्रम हेल्भेटास÷सामीका कार्यक्रम अधिकृत उमा पौडेलले बैदेशिक रोजगारमा जानेहरुको संख्या बढेसंगै वैदेशिक रोजगारका समस्याहरु बढ्दै गएकाले स्थानीय सरकार तथा सम्पुर्ण सरोकारवालाहरुले आप्रवासनलाइ सुरक्षित बनाउँने विषय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । वैदेशिक रोजगारको विषय हरेक क्षेत्रसंग अन्तर सम्बन्धित विषय भएको भन्दै यसलाई सुरक्षित बनाउँन सवैको महत्वपुर्ण भुमिका हुँने पौडेलको भनाइ छ । कोशी प्रदेशको पहाडि जिल्लाहरुमद्ये खोटाङ् सवैभन्दा बढी वैदेशिक रोजगारमा ब्यक्तिहरु जाँने जिल्ला भएकाले यस जिल्लासंग सुरक्षित आप्रवासनका सम्बन्धमा विशेष योजना तथा प्रभावकारी कार्यान्वयन हुनुपर्ने अधिकृत पौडलको भनाइ रहेको थियो । चालु आर्थिक बर्षमा सामी कार्यक्रमको सहजिकरणमा ४४ लाख २५ हजार आर्थिक सहायता वापत सम्बन्धित ब्यक्ति तथा परिवारले प्राप्त गरका छन् ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका उपप्रमुख विसन राइले देश बनाउँने युवाहरु वैदेशिक रोजगारमा जानु चिन्ताको विषय भएको भन्दै सकेसम्म स्वरोजगारका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउँनुभयो । उहाँले सामी कार्यक्रमले वैदेशिक रोजगारलाइ सुरक्षित बनाउँनका लागि मात्रै होइन समाजका अन्य बिकृति विसंगतिलाई न्युनिकरण गर्नका लागि पनि महत्वपुर्ण टेवा पुर्याएको भनाइ ब्यक्त गर्नुभएको थियो । जिल्लाका ८ वटा स्थानीय तहहरुमा रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी अधिकृत, सहायक अधिकृत तथा इन्चार्जहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, नगरपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृतको आतिथ्यतामा भएको कार्यक्रममा ३२ जना प्रहरीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, सामी,हेल्भेटासका कार्यक्रम अधिकृत उमा पौडेल, सामीका कार्यक्रम सन्तोष राइले गर्नुभएको थियो ।
कार्यक्रमले सामी कार्यक्रम र प्रहरीसंगले आगामी दिनमा गर्ने समन्वयको क्षेत्रहरु समेत तय गरेको छ । वैदेशिक रोजगारमा सवैभन्दा बढी ठगि भएका क्षेत्रहरु प्हिचाहन गर्दे सामी र प्रहरीले संयुक्त रुपमा सामुदायीक अभिमुखीकरण मार्फत सचेतना प्रदान गर्ने , सुचना सम्प्रेषणका लागि संचार माध्ययमहरुसंग संयुक्त सहकार्य गर्ने, प्रत्येक इलाका प्रहरी कार्यालयहरुले आफ्ना इलाका क्षेत्रभित्रका वैदेशिक रोजगारका समस्याहरु खोजी गरी पिडितको कानुनमा पहुँच बढाउँने तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने लगायतका निर्णय भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !