फागुन १९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा नौ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने भएको छ । फागुन २९ गते देखि चैत्र ३ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने दादुरा रुवेला खोप अभियानको लागि जिल्ला भर ३९२ केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चम्लागाईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
आज शनिबार स्वास्थ्य कार्यालयले सञ्चारकर्मी भेटघाट कार्यक्रम गरेर खोप अभियानको विषयमा सबै सम्बन्धित निकाय तथा सरोकारवालाहरुमा सचेतना जगाई खोप उमेर समुहका कुनै पनि बालबालिकाहरु नछुटुन् भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
खोटाङमा चार हजार ८२ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले सञ्चारकर्मी भेटघाट कार्यक्रममा जनाएको छ । लक्षित बालबालिकालाई खोप दिन ३९२ केन्द्र तोकिएको छ भने ती खोप केन्द्रहरुमा दुई–दुईजना स्वयंमसेवक रहनेछन् ।
९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाले नियमित खोप अन्तर्गत दादुरा–रुबेला विरुद्धको खोप लगाई सकेको भए पनि यो अभियानमा अनिवार्य रुपमा खोप लगाउनु पर्ने, नियमित खोप लगाई सकेका बालबालिकाका परिवारले खोप लगाउन जाँदा पहिलाको खोप कार्ड लिएर खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख चम्लागाईले सूचित गराउनुभयो ।
उहाँ भन्नुहुन्छ—‘दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गराउने भएकाले खोप अनिवार्य लगाउनुपर्नेछ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थ भट्टरार्ई, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा जिल्ला स्थित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयको तालिम हलमा सम्पन्न भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान