फागुन २९, २०७९ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङमा विभिन्न कार्यक्रम गरी आज ११३ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । नारी दिवसको अवसर पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज केन्द्रिय महिला नेतृत्वहरुलाई निमन्त्रणा गरी भव्यताका साथ नारी दिवस मनाएको हो ।
हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले सम्बोधन गर्ने क्रममा राष्ट्रपतिका लागि आफ्नो पार्टीले कसलाई भोट हाल्ने निर्णय गरिसकेको र राष्ट्रपति चयनसँगै मुलुक राजनैतिक स्थायित्वतिर अगाडि वढ्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसको केन्द्रिय सदस्य लक्ष्मी खतिवडा, प्रेरक बक्ता सुमी मानवले महिलाको हक अधिकार रक्षाका लागि सबै सक्षम हुनुपर्नेमा जोड दिनुभएको थियो । विविधि सन्देशमूलक प्लेकार्ड बोकी र्याली, उत्कृष्ट नृत्य प्रदर्शनीका साथमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
![]()
दिक्तेलरुपाकोट मझुवागढी नपामा र्याली
![]()
जन्तेढुंगा गाउँपालिकामा नारी दिवसको अवसर

दिप्रुङचुईचुम्मा गाउँपालिकाका वडा नं. ५ सप्तेश्वर छितापोखरीमा नारी दिवस मनाइदै
यस्तै ११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका लगायत सबै गाउँपालिकाहरुले विविध कार्यक्रमको आयोजना गरि मनाएको खवर प्राप्त भएको छ । जन्तेढङ्गा गाउँपालिकाले नारी दिवसको अवसरमा ७० वर्ष माथिका आमाहरुलाई सम्मान गरेको छ । त्यस्तै विविध खेलकुदको आयोजना गरी जन्तेढुङ्गा गाउपालिकामा नारी दिवस मनाइएको छ भने दिप्रुङचुईचुम्मा गाउँपालिकाकामा पनि विविध कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको जानकारी प्राप्त भएको छ । वडा नं. ५ सप्तेशवर छितापोखरी वडा कर्यालयमा वक्तृत्वकला, सामूहिक नृत्य, घुम्ने दौडको आयोजना गरिएको जनाइएको छ । खोटेहाङ गाउपालिकामा पनि नृत्य लगायत विविध कार्यक्रमको आयोजना गरिएको खवर प्राप्त भएको छ ।खोटेहाङ गाउँपालिकाको वाप्लुखामा पनि कविता प्रतियोगिता र अन्य खेलकुदको आयोजना गरी नारी दिवस मनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान