असार १२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा “ट्राफिक सप्ताह कार्यक्रम २०८१” र “लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्दको कार्यक्रम” सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरु गरी आषाढ १२ गते बुधवार समापन भएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको आयोजनामा गत आसाढ ६ गते देखि शुरु गरीे “ट्राफिक सप्ताह कार्यक्रम २०८१” र “लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्दको कार्यक्रम” सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरु सञ्चालन गर्दै आषाढ १२ गते बुधवार समापन गरिएको हो ।
प्रभात फेरी तथा समापन कार्यक्रमका झलक



कार्यक्रमको पहिलो दिन असार–६ गते ‘लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार विक्री वितरण तथा सेवन गर्नु अपराध हो, यस्ता गैरकानूनी गतिविधिमा आफू पनि नलागौं अरुलाई पनि लाग्न नदिऔ’, ‘लागू पदार्थको सेवनः गयो अमूल्य जीवन’ ‘हामी सबैको आवाजः लागूऔषध मुक्त समाज’, ‘हाम्रो चाहानाः लागूऔषधरहित, स्वस्थ्य र सुखी जीवनको कामना’, ‘लागूऔषध त्यागौँः स्वस्थ्य र सुखी जीवनतर्फ लागौँ’, ‘लागूऔषध लिने बानीः स्वास्थ्य र धनजनको हानी’, ‘लागू पदार्थ सेवन नगरौँ, सभ्य समाजको निर्माण गरौँ’, आफू बाँचौँः अरूलाई पनि बचाऔ’ भन्ने जनचेतनामूलक नाराहरूको प्लेकार्डसहित प्रभातफेरी गरिएको थियो ।
यस्तै, दोश्रो दिन असार–७ गते सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा विद्यालय सचेतना कार्यक्रम सञ्चालन, असार–८ गते स्थानीय सञ्चारमाध्यममा सचेतनामूलक कार्यक्रम प्रसारण तथा प्रकाशन, असार–११ गते कारागारका कैदीहरुसँग लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै १२ गते समापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित शैक्षिक संस्था तथा हाटबजारमा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
यस्तै, ट्राफिक नियमबारे जनचेतना फैलाउन सप्ताहव्यापि जनचेतनामूलक कार्यक्रम गरिएको थियो । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरीले एक हप्ते कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।
आषाढ १२ गते बुधवार जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काको अध्यक्षतामा सप्ताह व्यापी कार्यक्रम समापन भएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप–प्रमुख बिशन राई, विशेष अतिथिहरुं प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, रणभिम गण मुडे ब्यारेकका प्रमुख सेनानी केदार प्रसाद लामीछाने, सशस्त्र प्रहरी बल हलेसी गुल्म नं.७ का गुल्मपति स.प्र.ना.उ. कृष्ण बहादुर बम, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत नित्यानन्द ढुङगाना लगायत अन्य अतिथिहरु पत्रकार महासंघका अध्यक्ष दिलिप खत्री तथा अन्य सञ्चारकर्मीहरु, नेपाल रेडक्रस सोसाईटी खोटाङका मन्त्री छत्रकुमार वजिमय एवम् पदाधिकारीहरु, यातायात व्यवसायी संघका महासचिव एवम् यातायात व्यवसायीहरु, सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवम् पदाधिकारीहरु, महिला संजालका प्रमुख तथा प्रतिनिधी, राष्ट्रसेवक कर्मचारीहरु, औषधी व्यवसायीहरु, यातायात मजदुरहरु, टिकट काउन्टर, बुद्दीजिवी, भद्रभलाद्मी लगायत करिव.८५ जनाको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रभातफेरी सुरु गरी जिल्ला समन्वय समिती खोटाङको प्राङ्गणमा भेला भई सप्ताहव्यापी कार्यक्रम समापन गरिएको थाहा भएको छ ।
[ यो पनि-लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कसरी मनाइदैछ खोटाङमा ? ]
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान