बैशाख २२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका अग्निपीडित परिवारलाई राहत सामाग्री तथा राहत रकम उपलव्ध गराइएको छ । गत बैशाख ९ गते राती १० बजे विद्युत सर्ट भएर आगलागी भै क्षति व्यहोरेको सप्तेश्वर छितापोखरीस्थित खुदुर्केका अग्निपीडित परिवारहरु शमशेर बहादुर खड्का र छोरा दिपक खड्काको परिवारलाई दिप्रुङचुइचुम्मा गाउपालिकाबाट राहत सामाग्री तथा राहत रकम उपलव्ध गराइएको हो ।
गाउपालिकाका अध्यक्ष लोकेन्द्र राई, उपाध्यक्ष अरुणा थापा मगर, वडा नं. ७ सप्तेश्वर छितापोखरीका वडाध्यक्ष डम्बरबहादुर खड्का, वडा नं. १ याम्खाका वडाध्यक्ष केशव खत्री, वडा नं. ३ छोरम्बुका वडाध्यक्ष भुपेन्द्र बस्नेत लगायत पालिकाका कर्मचारी तथा सुरक्षाकर्मीहरु शुक्रवार घटनास्थलमा पुगेर अग्निपीडित परिवारका लागि ४ वोरा चामल, १० केजि दाल, ८ केजि आलु, १ कार्टन तेल, ६ केजि चिउरा, २ कार्टन चाउचाउ, ८ दर्जन विस्कुट, ६ प्याकेट मसला, १ केजि जिरा, १ केजि मेथी, १ थान सिरक, ३ प्याकेट तेल, ६ प्याकेट नुन, ६ केजि चिनी, १ थान टनेल, १ दर्जन भाडा धुने सावुन, १ दर्जन लुगा धुने सावुन, १ थान त्रिपाल राहत सामाग्रीका रुपमा उपलव्ध उपलव्ध गराइएको छ भने राहत रकम नगदरु १ लाख पचासहजार समेत हस्तान्तरण गरिएको पालिकाले जनाएको छ ।
आगलागी भए लगत्तै बैशाख ११ गते स्थानीय रेडक्रस उपशाखा छितापोखरीबाट पीडित परिवारलाई खाध्यान्न तथा उपभोग्य सामाग्रीहरु राहतका रुपमा उपलव्ध गराइएको थियो ।
छुट्टभिण्ड भए पनि एउटै घरमा बस्दै आएका खड्का परिवारको उक्त घर विद्युत सर्ट भई आगलागी हुँदा घर तथा घरमा भएको अन्नपात लगायत गरगहना र भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा रु २५ लाख वढी धनमाल क्षति भएको थियो ।
[ यो पनि-सप्तेश्वर छितापोखरीका अग्निपीडित परिवारलाई राहत सामाग्री प्रदान }
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान