जेठ ०४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
किराँत राई चाम्लिङ खाम्वातिमले किराँत सँस्कृति अनुसार नाचिने प्रचलित साकेला नाँचका सम्बन्धमा प्रशिक्षण दिइरहेको छ । साकेला नाँच कसरी नाँचिन्छ, यो कसरी शरु भयो, नाच्ने प्रचलित विधिहरु के कस्ता छन् जस्ता विषयहरुमा ज्ञान दिदै यसलाई शारीरिक हाउभाउ र लयका आधारमा नाँच्ने कलाका वारेमा सहभागीहरुलाई सिकाइदै जेष्ठ १ देखि ७ गतेसम्म सात दिने प्रशिक्षण कक्षा सञ्चालन भैरहेको किराँत राई चाम्लिङ खाम्वातिमका सहकोषाध्यक्ष एवं चाम्लिङ चैखामका संयोजक एलिना राइ (खुशु किराति) ले बताउनुभयो ।
किराँत सभ्यता र सँस्कृतिमा साकेला सिलीको ठूलो महत्व र अर्थ-उपादेयता रहेको छ । किराँत राईहरुको पवित्र पूण्य कार्यहरु विशेष गरी उधौली/उभौलीका अवसरमा नछुङ (धामी) ले मुन्धुमी रिसिया गाउँदै आफ्ना पितृहरुलाई पुकारा गर्दै शक्ति बल माग्दै यो नाँच घर–घरमा नाँचिने सँस्कृति/परम्परा छ । तीन चुल्हा दायालुङमा आगो बालेर पितृहरुलाई सम्झदै नछुङ (मूलधामी) ले रिसिया गाउँदै अदुवा, अक्षेता र जाँडको छोक्राले पुजा गरिरहँदा बाहिर आँगनमा गोलाकार पंक्ति बनाएर सिलिमोपा/सिलिमोमा (टोलीअगुवा) को नेतृत्वमा युवा–युवती लगायत स्थानीयहरु ढोल-झ्याम्टा बजाउँदै एउटै ताल र लयमा साकेला सिलि नाँचिरहेका हुन्छन् । ती अवसरहरुमा कुनै साकेलाथान या भूमिपूजास्थल अथवा सामुहिक चुल्हा गाडिएकोपवित्र स्थानहरुमा समेत सामुहिक भेला भएर साकेला नाँच नाचिने परम्परा छ ।
गाउँ, समुदाय र वस्ति अनुसार यसको लय र तालमा फरकपन हुन्छ, त्यस्तै साकेला सिलीको साँस्कृतिक पहिचान र परिवेशलाई झल्काउने विविध सिलीहरु विकसित भएका हुन्छन् । किराँत धर्म÷सँस्कृतिमा भूमि, जल, आकाश र प्रकृतिको पुजा गरिन्छ । सोही अनुसार साकेला सिलीमा पनि ती सबैको प्रतिकात्मक झल्को दिने गरी साकेला नाँच नाँच्ने सिलीको आविष्कार भएको हुन्छ । बाह्रै महिनामा कृषिकर्ममा गरिने गतिविधिहरुलाई समेत साकेला सिलीमा प्रदर्शन गर्न सकिन्छ । यस्तै चराचुरुङ्गी, पशु चौपायाको हाउभाउलाई प्रतिकात्मक रुपमा उतार्दै साकेला सिली नाँच्ने विधि पनि पाइन्छ । यी सबै कलाका बारेमा प्रारम्भिक ज्ञान दिदै साकेला नाँच नाँच्न सिकाउने उद्धेश्यले खाम्वातिमले यो प्रशिक्षण कार्यक्रम गरेको चाम्लिङ कक्षा संचालन चाम्लिङ चैखामका संयोजक एलिना राई (खुसु किराँती) बताउनुहुन्छ ।
हाल ललितपुर महालक्ष्मीस्थान स्थित थिएटर भिलेजमा विहान ८ वजेदेखि १० वजेसम्म र ललितपुर सातदोवाटोस्थित अलग आर्टहवमा वेलुकी ६ वजेदेखि ८ वजेसम्म दिनमा दुई चरण साकेला सिली प्रशिक्षण सञ्चालन भैरहेको बताइन्छ । प्रशिक्षण कक्षमा ३२ जनाले साकेला सिली सिकीरहेकाछन् भने उहाँहरुलाई पुर्खौली थलो खोटेहाङका सरगम राई र हलेसी तुवाचुङका दिपेश राईले सिकाइरहनु भएको जनाइएको छ । प्रशिक्षक सरगम राई र दिपेश राई साकेला सिलीकै विषयमा स्नातकोत्तर गरिरहनु भएको थाहा भएको छ ।
यसैगरी किरात राई चाम्लिङ खाम्वातिमले हरेक शनिवार विहान ११ वजेदेखि १२ वजेसम्म चाम्लिङ भाषा कक्षा समेत सञ्चालन गरिरहेको छ भने मध्यान्ह १२ वजेदेखि १ वजेसम्म किराँत सँस्कृृतिका वारेमा मुद्धुमी प्रशिक्षण समेत सञ्चालन गरिरहेको जनाइएको छ । यसै गरी दिउसो १ वजेदेखि २ वजेसम्म साकेला प्रशिक्षण दिइन्छ । यी कक्षाहरुमा किराँत सँस्कृति भाषा प्रशिक्षण तिलक चाम्लिङ र बुङातुङ चाम्लिङ ले सहजिकरण गरिरहनुभएको थाहा भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !