बैशाख २१, २०८१ , खोटाङ
असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको चौथो अधिवेशन सम्पन्न भएको छ । निर्वतमान अध्यक्ष फुर्वा शेर्पाकै अध्यतामा १७ सदस्यीय जिल्ला समन्वय परिषद गठन गर्दै महासंघ खोटाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
बैशाख १९ गते दिक्तेलस्थित समिक्षालय हलमा महासंघको उद्घाटन भै २० गते अधिवेशनको बन्द सत्रबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका शेर्पा अध्यक्षमा पुनः दोहोरिनुभएको जनाइएकोछ ।
महासंघले बिहीबार अपरान्ह दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा शेर्पा ,वरिष्ठ उपाध्यक्षमा एलबी मगर, महिला उपाध्यक्षमा पदम कुमारी सैंजु र पर्शुराम तामाङ चयन हुनुभएको जानकारी गराइएको छ ।
यसैगरी सचिवमा सप्तमणि राई, सह–सचिव तीनजनामा वीरेन गुरुङ र बाँकी दुई जना सह–सचिव मनोनित गरिने जनाईएको छ । कोषाध्यक्षमा किसन भुजेल रहेका छन्। सदस्यहरुमा रविन सुनवार, निर्मल राई, यादव श्रेष्ठ, चित्रकला भुुजेल, भुवन राई र संगीता राई रहेका छन्। दुईजना सदस्य जातियता, संख्या र भुगोलका आधारमा मनोनित गरिनेछ।
तर महासंघको यो नेतृत्व चयनप्रति केही जातीय संस्थाहरुले आपत्ति जनाउदै विज्ञप्ति सार्वजनिक गराएकाछन् । अधिवेशनले सबैको भावना समेटेर नेतृत्व चयन गर्नुपर्नेमा केही व्यक्तिहरुको स्वार्थका कारण सुनियोजित तरिकाले विधान विपरित चक्रिय प्रणालीलाई बेवास्ता गर्दै नेतृत्व चयन गरेको भन्दै किरात याक्थुम चुमलुङ, नेपाल मगर संघ जिल्ला कार्य समिति र नेपाल माझी उत्थान सेवा समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन मण्डल नै कब्जा गरी लोकतान्त्रिक विधि र पद्धतिलाई अबलम्बन गर्न समेत बन्देज गरेर नेतृत्व चयन गरेको भन्दै असहमति जाहेर गरेका छन् ।
असहमति जनाउदै निकालिएको प्रेस विज्ञप्ति
[ यो पनि- नेपाल आदिवासी जनजाति महासंघद्धारा खोटाङको चौथो जिल्ला अधिबेशन उद्घाटन सम्पन्न }
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान