चैत्र १५, २०७९ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको जन्तेढुङ्गा गाउपालिकाले हाल पालिकाभित्र आङ खस्ने समस्या (uterus Prolapse) बाट पीडित महिलाहरुको निःशुल्क उपचार शुरु गरेको छ । गत स्थानीय तहको निर्वाचन पछि अध्यक्षमा निर्वाचित अरुणादेवी राईले २०७९ जेष्ठ ९ गते पद वहालीकै दिन पालिकाभित्र यस्ता समस्या भोगिरहेका महिला दिदीबहिनीहरुको पालिकाले निःशुल्क उपचार गर्ने निर्णय गराउनु भएसँगै अब त्यस्ता विरामीहरुको निःशुल्क उपचार शुरु भएको हो ।
पहिलो चरणमा जन्तेढुङ्गा गाउँपालिका भित्रका ६ जना महिला दिदीबहिनीहरुको कोशी प्रदेश अस्पताल विराटनगरमा आङ खस्ने समस्याको उपचार भैरहेको छ । पालिकाका तीर्थमाया खत्री, नन्दकुमारी रोइला, चिनमाया थापा, सकलीमाया राई, हिरामाया राई र मिश्रामाया श्रेष्ठलाई चैत्र ७ गते अस्पताल भर्ना गराई हालसम्म ५ जनाको शल्यक्रिया गरिसकिएको थाहा भएको छ । स्वास्थ्य केन्द्र चिसापानीमा स्क्रिनिङ गर्दा अन्य ३ जनामा पनि यो समस्या रहेको थाहा भएको छ । उनीहरुको पनि चाँडै उपचार हुने पालिकाले जनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा स्क्रिनिङ गर्दा आङ खस्ने समस्या पहिचान भए पछि त्यस्ता विरामीहरुको कोशी अस्पताल विराटनगरमा निःशुल्क उपचारका लागि पठाइनेछ । यो आर्थिक वर्षभित्र कोशी प्रदेश अस्पतालमा जन्तेढुङ्गा गाउँपालिकाभित्रका ३० जना आङखस्ने विरामीहरुले निःशुल्क उपचार पाउने कोशी अस्पतालसँग सम्झैता भएको पालिकाले जनाएको छ । प्रदेश अस्पतालबाट निःशुल्क उपचार हुने र विरामी हेरचाह गर्ने सहयोगीलाई बस्ने व्यवस्था तथा औषधि र आते जाते खर्च पालिकाले व्यवस्थापन गर्नेछ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान