जेठ ०१, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ । उध्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश तथा ऐसेलुखर्क गाउँपालिका र दायित्व अभियान वीचको सम्झौता अनुसार ऐसेलखर्क गाउँपालिकामा सञ्चालन भैरहेको वृद्धिमुखी उध्यमशिलता र रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४० जनालाई उध्यमी घोषणा गरिएको हो ।
पालिका उपाध्यक्ष राजेश राजभण्डारीको प्रमुख आतिथ्यता तथा दायित्व संस्थाका कोशी प्रदेश संयोजक भवानी विश्वकर्माका अध्यक्षतामा बैशाख २६ गते उद्धघाटन भै २८ गतेसम्म आयोजना गरिएको कार्यक्रममा पालिकाभित्रका उध्यमीहरुलाई आवेदन दिन आहन गरेकोमा ९४ जना उध्यमीहरुले आवेदन दिएको र आवेदन दिने उध्यमीहरुको सोँच र सीप, वीत्त लगानीको अवस्था, नवप्रवर्द्धन, वृद्धिमुखी योजना उध्यमको वर्तमान अवस्था, व्यवसायिक योजना, बजारको अवस्था, नेतृत्व सामुदायिक सकृयता र प्रभाव मापदण्डका आधारमा उत्कृष्ट ४० उध्यमी छनौट गरिएको दायित्व संस्थाले जनाएको छ ।
उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तथा पालिका उपाध्यक्ष राजभण्डारीले पालिकाका उध्यमीहरुलाई सकृयतापूर्वक वृद्धिमुखी उध्यमशिलता र रोजगारी प्रवर्द्धन कार्यक्रममा सकृयतापपूर्वक सहभागी हुन अनुरोध गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यकक्रमका विशिष्ट अतिथि तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले कार्यक्रमको मोडल प्रतिस्पर्धात्मक भएकोले सबै सहभागीहरुलाई सकृयतापूर्वक कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । विशिष्ट अतिथि थापाले आर्थिक विकासका लागि उध्यमशिलता नै प्रभावकारी रहेको हुँदा उध्यम विकासमा यो कार्यक्रमले टेवा पुराउने विश्वास व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमका अतिथि वडाध्यक्षहरु क्रमशः टेकेन्द्र राजभण्डारी, सुनिल राईले पनि कार्यक्रमको सफलताको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा दायित्व संस्थाका कोशी प्रदेश संयोजक विश्वकर्माले प्रथम चरणबाट छनौट भएका ४० जनाबाट पुनः २० जनालाई छनौट गरिने छ भने नव प्रवद्र्धन र व्यवसायिक योजना प्रस्तुतिका आधारमा अन्तमा १० जना छनौट गरिने बताउनुभयो । उहाँका अनुसार अन्तिममा छनौट गरिएको १० उध्यमीहरुलाई स्तरोन्नति गरिने छ ।
ऐसेलुखर्क गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीले सहभागी सबैलाई स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान