श्रावण १०, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका–३ खिदिमा स्थित तावाभञ्ज्याङमा निर्माण गरिएको वावु (चिण्डो) पोखरी जनश्रमदान मार्फत सफा गरिएको छ । भल तथा बाढीका कारण पोखरी पुरिएपछि मंगलबार वडा कार्यालय खिदिमाको पहलमा स्थानीय नागरिकहरु भेला गराई श्रमदान मार्फत पोखरीमा भरिएको ढुङ्गा, गिट्टी तथा बालुवा निकालिएको हो ।
साकेला गाउँपालिकाको लगानीमा दुई वर्षअघि निर्माण गरिएको उक्त पोखरी वर्षादको भलका कारण पुरिएको थियो । किराती मिथक र मुन्धुममा आधारित रहेर निर्माण गरिएको उक्त चिण्डो पोखरी पुरिएर अस्थित्व नै हराउन लागेपछि श्रमदान मार्फत सफा गरिएको वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो । जनश्रमदान गर्न एक सय भन्दा बढी स्थानीयवासीको साथमा जनप्रतिनिधि, राजनैतिक कर्मी, कर्मचारीहरु तावाभञ्ज्याङ पुगेका थिए ।
उक्त पोखरी सफा गर्न र जनश्रमदानलाई साथ दिन साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईको पनि विशेष उपस्थिति रहेको थियो । स्थानीय नागरिकहरुसँगै अध्यक्ष र उपाध्यक्ष दुवै जनाले पोखरीमा भरिएको बालुवालाई निकालेर व्यवस्थापन गर्न सहयोग गर्नुभएको थियो ।
वडा समितिले चलाएको श्रमदान अभियान उदाहरणीय कार्य भएको बताउँनु हुँदै अध्यक्ष राईले अन्य वडा समितिहरुले पनि विकासका कार्यहरुमा श्रमदान अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभयो । हालसम्म भएका विकासका संरचनाहरु बिग्रदै गएको छ, त्यसलाई सपार्न करोडौं रुपैंया खर्च हुन्छ, जनताको प्रत्यक्ष सरोकार राख्ने प्रकारका भौतिक विकासहरुमा श्रमदान अभियान चलाउन सके राज्यको करोडौं रकम जोगिन्छ– अध्यक्ष राईले भन्नुभयो ।
मुन्धुम ट्रेलसँगै रहेको उक्त पोखरी सफा गर्न दुई लाख रुपैंया भन्दा बढी रकम लाग्थ्यो।’ वडाध्यक्ष तामाङले भन्नुभयो– ‘श्रमदान अभियानले उक्त रकम खर्च हुन बाट जोगिएको छ ।’
त्यसो त वडा नं. ३ खिदिमाले विकासका कामहरुमा श्रमदान अभियान सञ्चालन गर्ने गरि वडा समितिबाट निर्णय समेत गराई सकेको छ । यसरी सञ्चालन गरिएको श्रम अभियानमा खुवाईने खाजा समेत स्थानीय स्तरमा उत्पादन हुने खाद्य वस्तुहरुको प्रयोग गर्ने गरिएको छ । आयातित समाग्रीहरुलाई प्रतिबन्ध गर्दै वडाबाट सञ्चालन गरिने कार्यक्रमहरु स्थानीय उत्पादनलाई प्राथिमकता दिईने निर्णय गरिएको वडाध्यक्ष तामाङको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान