श्रावण २९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले विद्यालयमा दरवन्दी अनुसारको विषयगत शिक्षक नहुनु र अनियमित रुपमा शिक्षक सरुवा हुने प्रवृत्तिका कारण शिक्षाको गुणस्तर बढ्न नसकेको निष्कर्ष निकालेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार ल्याई उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग गरेको अन्तरक्रियात्मक छलफलको क्रममा सो निष्कर्ष निकालिएको हो ।
अनियमित तवरबाट जथाभावी शिक्षकहरुको सरुवा गर्नु गुणस्तरीय शिक्षाको मापदण्ड विपरित कार्य भएको निष्कर्ष निकाल्दै विव्यास अध्यक्षहरुले आगामी दिनमा शिक्षकको सरुवा गर्ने क्रममा सम्बन्धित निकाय गम्भिर हुनुपर्ने सुझाव दिएका छन् ।
साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामाश्रावण २९ गते मङ्गलबार पालिका भित्रका ६ वटा माध्यमिक विद्यालयका विव्यास अध्यक्षहरुसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो । गाउँपालिकाको समग्र शैक्षिक क्रियाकलापलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षा शाखाको आयोजनामा विविध कार्यक्रमहरुलाई निरन्तरता दिएर कार्यक्रम अघि बढाईएको छ ।
सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था माथि उठाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकहरुसँग अन्तरक्रिया सम्पन्न भईसकेको छ । त्यसैगरी विद्यालयको नियमित अनुगमनलाई पनि पालिकाले प्राथमिकता दिएर अनुगमन गरिरहेको छ ।
यसैक्रममा पालिकाले हरेक विद्यालयका विद्यालय व्यवस्थापन समितिसँग अन्तरकृया गरि गुणस्तरीय र नतिजामूलक शिक्षा पद्दतीबारे छलफल सुरु गरेको छ । शैक्षिक अवस्था सुधार गरि गुणस्तरीय शिक्षा प्रदान गरि उत्कृष्ट नतिजा ल्याउन पालिका निरन्तर प्रयासरत भएको र पालिकाले गरेको हरेक शैक्षिक गतिविधिमा शिक्षक, अभिभावक, विद्यार्थीले साथ दिनुपर्ने गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाई छ ।
‘हामी नतिजामूलक, व्यवहारिक र नैतिक शिक्षालाई प्रथमिकता दिएर अघि बढिरहेका छौं ।’-अध्यक्ष राईले भन्नुभयो । त्यसका लागि पालिकाले पाठ्यक्रम निर्माण गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ । त्यसो त पालिका भित्रका हरेक विद्यालयहरुमा नैतिक शिक्षाको थालनी यसै शैक्षिक सत्रबाट सुरु गरिने भएको छ । गाउँ शिक्षा समितिले निर्णय नै गरेर हप्ताको हरेक शुक्रबार अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापको सट्टामा नैतिक शिक्षा पठनपाठन गराउन विद्यालयहरुलाई पत्राचार गरेको छ ।
गुणस्तरीय र व्यवहारिक शिक्षा विद्यार्थीलाई प्रदान गरि नतिजा मूलक उदेश्य प्राप्तिका लागि पालिकाले सुरुवात गरेको निरन्तर शिक्षा सुधारको कार्यक्रम अन्तर्गत अन्य विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुबीच निरन्तर अन्तरक्रिया तथा प्रत्यक्ष विद्यालय अनुगमनको कार्य निरन्तर गरिने शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो ।
[यो पनि-साकेला गाउँपालिकामा सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमनमा जोड ]
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान