चैत्र २४, २०७९ , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको साकेला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको पालिका घोषणा गरिएको हो । १६ महिना देखि ५९ महिना सम्मका सबै वालवालिकाहरुले १५ महिनाभित्र पूरा गर्नुपर्ने सम्पूर्ण खोप पूरा गरिसकेपछि सोकेला गाउँपालिकालाई विहीवार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
साकेला गाउँपालिका वडा नं. २ रतन्छामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं पूर्ण खोप समिति संयोजक सनबहादुर राई, साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल, फोकल पर्सन जीवन चौलागाई लगायतले पूर्ण खोप सुनिश्चितता प्रतिवद्धतापत्रमा संयुक्त हस्ताक्षर गरेर साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
साकेला गाउपालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेश्रो संस्करण २०७७) बमोजिमका प्रकृया पूरा गरी स्वास्थ्य कार्यालयबाट अनुमति लिएकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ ।
हलेसीतुवाचुङ नगरपालिका, रावावेशी गाउँपालिका तथा वाराहापोखरी गाउँपालिकाले पनि पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेश्रो संस्करण २०७७) बमोजिमका प्रकृया पूरा गरी स्वास्थ्य कार्यालयबाट घोषणका लागि अनुमति लिइसकेको थाहा भएको छ ।
खोटाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सबै पालिकाहरुलाई घोषणा गरिसक्नुपर्ने हुन्छ । यस क्रममा साकेला गाउँपाललिबाट घोषणा शुरु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान