जेठ १५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका लोकनाथ घिमिरे उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्राप्त गरेपछि मानव अधिकारका क्षेत्रमा काम गर्न थप उर्जा र उत्साह प्राप्त भएको बताउनुहुन्छ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो २४ औँ वार्षिकोत्सव तथा २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा जेष्ठ १३ गते आइतवार उहाँलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्रदान गरेपछि हलेसी एफमलाई यस्तो बताउनुभएको हो ।


जिल्लास्थित मानव अधिकारको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था इन्सेकमा विक्रम सम्वत २०६० सालमा आवद्ध भएर काम गर्न थालेपछि त्यो वेलाको द्धन्दकालिन अवस्थामा निर्भिक भएर मानव अधिकारका विविध विषयहरुलाई उठाउँदै मानव अधिकार पीडितहरुका पक्षमा काम गरेको क्षणहरु सम्झदै उहाँ भन्नुहुन्छ–‘कहिले त आफू पनि विद्रोही पक्षबाट या राज्य पक्षबाट अप्ठेरो परिस्थिति खेप्नु परेको थियो । तर जस्तै अवस्थामा पनि मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिरहेँ ।’
उहाँ सम्झनुहुन्छ–‘दिक्तेल–खोटाङवजारको कृषि सडक स्विस सरकारको सहयोगमा खन्ने कामलाई त्यो वेलाको अर्धभूमिगत किराँत वर्कस पार्टीबाट अवरोध भएको वेला प्रोजेक्ट नै फिर्ता हुन लागेको थियो, त्यस्तो गम्भिर परिस्थितिमा तात्कालिन दलका नेतृत्वहरु कांग्रेसका बिष्ण राई तथा नेकपा एमालेका राजन राईसँग दुर दराजको गाउँमा गएर वर्कसका नेताहरुसँग एकदिन भरि वार्ता गरी समस्याको निकास दिलाउने काममा मैले सहजिकरण गरेको त्यो क्षण कहिल्यै विर्सन्न । जसको कारणले हाल त्यो सडक भएर यातायात मार्फत हिड्न पाइएको छ ।’
विक्रम सम्वत २०६७ सालदेखि उहाँ राष्ट्रिय मानव अधिकार आयोगमा काम गर्न शुरु भए पछि अझ यो क्षेत्रमा काम गर्न हौसिएको बताउनुहुन्छ । घिमिरे हाल राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालय हेटौडामा कार्यरत हुनुहुन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगकोे २४ औँ वार्षिकोत्सव तथा २५ औं स्थापना दिवसका अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र आयोगका अध्यक्ष तपबहादुर मगरले घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार वापत नगद रु ४० हजार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
यो सम्मानले आफूलाई मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा काम गर्ने थप उर्जा र उत्साह प्राप्त भएको घिमिरेले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान