जेठ ०४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम सञ्चालन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१दिक्तेलबजारस्थित हिमालयन आर्ईटि इन्स्टिच्युटको आयोजना र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेल खोटाङको सहयोगमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम जेष्ठ ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने हिमालयन आर्ईटि इन्स्टिच्युटका अध्यक्ष अजय बस्नेतले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
इन्स्टिच्युटका अध्यक्ष बस्नेतका अनुसार बिशेष गरेर जिल्लामा रहेका मिडियाकर्मी र मिडिया ब्यवसायीहरु तथा यो क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि यो तालिम महत्वपूर्ण रहनेछ । पछिल्लो समयमा सुचना प्रविधिको बढ्दो लोकप्रियता र डिजिटल नेपालको परिकल्पनालाई सफल बनाउन यो माध्यमबाट नवीनतम प्रविधिको सदुपयोग गरी सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा समयानुकूल काम गर्ने सिप र क्षमता अभिवृद्धिका लागि यस्तो तालिम सहयोगी हुने उहाँको कथन छ । डिजिटल प्रविधिमा यो तालिमलाई आधारभूत तहको रुपमा मानिन्छ तर आगामी दिनमा एडभान्स तालिमहरु पनि हिमालयन आर्ईटि इन्स्टिच्युटले सञ्चालन गर्ने सोँच रहेको उहाँले बताउनुभयो ।
जेष्ठ ५ गते शनिवारदेखि १० दिनसम्म सञ्चालन हुने फोटोग्राफी तथा सिनेअटोग्राफी तालिमका लागि घरेलु तथा साना उध्योग कार्यालय दिक्तेल खोटाङले रु. १ लाख ५० हजार रकम वजेट उपलव्ध गराउने जनाइएको छ ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई तथा फिल्म ईन्डस्ट्रीका बरिष्ठ कलाकार सुनिल थापाद्धारा फोटोग्राफी तथा सिनेअटोग्राफी आधारभुत तालिमको शनिवार संयुक्त रुपमा उद्घाटन हुने जनाइएको छ । सिने जगतका वरिष्ठ कलाकार थापाका साथ बरिष्ठ छायाँकार गौरी शंखर धुजु पनि दिक्तेल आउनु हुने जनाइएको छ ।
२५ जना प्रशिक्षार्थीहरु सहभागी रहने तालिमको सहजिकरण काठमान्डौबाट आउनुहुने एभरेष्ट फिलिम एकेडेमिले गर्ने बताइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान