जेठ १६, २०८० , Rawabesi Rum
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेशी गाउपालिकालाई १६ औँ गणतन्त्र दिवसको अवसर पारेर एक समारोहका वीच पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । पालिकाभित्रका १६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका (१३ किसिमका ) खोप लगाएको सुनिश्चित भएसँगै सोमबार औपचारिक कार्यक्रमका वीच रावाबेशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राईले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको सभापतित्वमा गाँउपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्ण खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्व समितिका प्रमुख सनबहादुर राईले पानसमा बत्ति बाल्दै पूर्णखोप सुनिश्चितताको व्यानर पढेर गाउँपालिकालार्ई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको घोषणाकासाथ प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा पूर्ण खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्व समितिका प्रमुख सनबहादुर रार्ई, बिशिष्ठ अतिथि रावाबेशी गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल एवं स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको गाउपालिका श्रोतले जनाएको छ ।
सोही कार्यक्रममा प्रदेशको बजेटबाट ‘ एक महिला एक सम्मान कार्यक्रम ’ अन्तर्गत स्वास्थ्य कार्यालय खोटाङबाट रावाबेशी गाउँपालिका-४ का स्वयंसेविका विमला भुजेल सम्मानित हुनु भएको छ । उहाँलार्ई स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देलले रु. ११,००० (एघार हजार रुपिया) प्रदान गर्दै सम्मान गर्नु भएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनु भयो ।
यस अगाडि क्रमश साकेला गाउँपालिका, बाराहापोखरी गाउँपालिका, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाहरु समेत तीन पालिकाहरुले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकेकाछन् ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान